प्रमुख प्रशासकीय अधिकृत छैनन् नगरपालिकालाई पिरलो

मंसिर २४, मेलम्ची । मुलुकमा स्थानीय तह बनेसंगै स्थानीय सरकारहरुले प्रयाप्त कर्मचारी पाएका छैनन् । कर्मचारी नहुनुको कारण स्थानीय तहहरुले यो समस्या झेलिरहेका छन् ।
जिल्लाका प्राय वडाहरुमा वडा सचिव समेत छैनन् प्राविधिकहरुले धानिरहेका छन् । तर जिल्लाकै स्रोतसाधनले सबैभन्दा ठूलो मेलम्ची नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएको एकसाता भन्दा माथि भईसक्यो तर मेलम्ची नगरपालिकाले अर्को प्रशासकीय अधिकृत पाउन सकेको छैन । ’मन्त्रालयमा धेरैचोटी धाईयो तर प्रमुख प्रशासकीय अधिकृत ल्याउन सकिएन‘, मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले सिन्धुज्वालासंग भने । कर्मचारी ल्याउन सजिलै मन्त्रालयले नपठाउने तथा कर्मचारी नै आउन नमान्ने भएका कारण पावर नै लगाउन पर्ने अवस्था सिर्जना भएको उनले बताए ।
मेलम्ची नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृत चाहिएपनि मन्त्रालयले भने पटक–पटक आवश्यक नपर्ने कर्मचारी छैंटौं र लेखा अधिकृत पठाएको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको काम निकै प्रभावित भएको मेयर अर्यालको भनाई छ । बैशाख भित्र आयोजना सम्मपन्न गर्ने नगरको योजनालाई प्रखुख प्रशासकीय अधिकृत नहुँदा प्रभावित हुने उनले बताए । नगरमा ४० प्रतिशत मात्र काम सम्पन्न भएको मेयर अर्यालले जानकारी दिए ।
स्मरण रहोस सिन्धुपाल्चोकका स्थानीय तहहरुमा ३० प्रतिशत पनि कर्मचारी छैनन् ।