
पदक बिजेतालाई प्रदेश नं ३ सरकारले सम्मान गर्ने

मंसिर २४,हेटौंडा
३ नम्बर प्रदेश सरकारले १३ औं साग प्रतियोगितामा प्रदेश नं ३ का पदक बिजेता खेलाडीलाई नगद सहित सम्मान गर्ने भएको छ ।
मंगलबार बसेको ३ नम्बर प्रदेश सरकारको बैठकले यस्तो निर्णय गरेको हो । जसअनुसार प्रदेश ३ भित्रका विजेजा खेलाडीलाई जनही स्वर्ण १ लाख, रजत ५० हजार र कास्य २५ हजार नगद सहित सम्मान र प्रोत्साहन गर्ने भएको छ । खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहान स्वरुप उक्त निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ ।