ईन्द्रावती वडा नम्बर ८ को मतदानमा ६८० मत खस्यो

ज्यामिरेमाने (सिन्धुपाल्चोक), मंसिर १४ आज विहान ७ बजे देखि ईन्द्रावती गाउँपालिको को उपनिर्वाचनका लागि मतदान भईरहेको छ ।
प्राप्त समचार अनुसार १२ बजेसम्म मतदान हुँदा अहिले सम्म ६८० मत खसेको छ । जसमा महिला ३५० र पुरुष ३३० रहेको स्थानीय समाजसेवी हर्क तामाङले सिन्धुज्वालाई बताए । ईन्द्रावती गाउँपालिकाको चन्द्रावती आधारभूूत विद्यालय गहते डाँडामा भएको उपनिर्वाचनमा मतदान गर्न विहानै देखि मतदाताहरुको चाप बढे पनि कुनै अप्रिय घटना नघटेको शान्तीपूर्ण तवरले मतदान भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधव काफ्ले जानकारी दिए ।

मतदान स्थल

मतदानमा मतदाताहरु उत्साहापूर्ण सहभागी भईरहेको उनले बताए । इन्द्रावती गाउँपालिका ८ को वडाध्यक्षको लागि नेकपाका केदारनाथ आचार्य र कांग्रेसबाट अशोक तामाङ चुनावी मैदानमा भिडेका छन् । निर्वाचित अध्यक्ष धनबहादुर श्रेष्ठको मृत्युपछि उक्त वडामा उपनिर्वाचन भएको हो । पछिल्लो मत खसेको आधारमा दुवै अध्यक्षको प्रतिस्पर्धा भएको एक स्थानीयले बताए ।
मतदान प्रक्रियामा लामवद्ध स्थानीय

उपनिर्वाचनमा एक हजार ४ सय ४ मतदाता सहभागी छन् । यसअघि सो वडामा कांग्रेस विजयी भएको थियो । निर्वाचनमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष श्रेष्ठले ३ सय ६४ मत ल्याएका थिए । निकटतम प्रतिद्वन्द्वी तत्कालीन माओवादी केन्द्रका केदारनाथ आचार्यले ३ सय ५५ मत ल्याएका थिए भने तत्कालिन एमालेका सम्पूर्ण तामाङले दुई सय २१ र राप्रपाका पूर्णबहादुर तामाङले चार मत मात्रै ल्याएका थिए । श्रेष्ठसँग माओवादीका आचार्य ७ मतले मात्रै पराजित भएका थिए । हाल दुई कम्युनिष्ट पार्टी एकता भएपछि नेकपाको स्वतः बहुमत छ । सोही आधारले केदारनाथ आचार्यले सजिलै चुनाव जित्ने स्थानीय वुद्विजिविहरुको ठहर छ । तर ६८० मत खस्दा दुवैको प्रतिश्पर्धा देखिएको स्थानीयको ठहर छ । मतदान बेलुका ५ बजेसम्म चल्ने छ ।
तस्विरः हर्क तामाङ