
ईन्द्रावती वडा नम्बर ८ को मतदान प्रक्रिया सकियो ८३ प्रतिशत मत खस्यो

ज्यामिरेमाने (सिन्धुपाल्चोक), मंसिर १४, आज विहान ७ बजे देखि ईन्द्रावती गाउँपालिको उपनिर्वाचनका लागि भएको मतदान प्रक्रिया सकिएको छ ।
प्राप्त समचार अनुसार ५ बजेसम्म मतदान हुँदा अहिले सम्म ११७५ मत खसेको छ । जसमा महिला ५५५ र पुरुष ६२० रहेको स्थानीय समाजसेवी हर्क तामाङले सिन्धुज्वालाई बताए । ईन्द्रावती गाउँपालिकाको चन्द्रावती आधारभूूत विद्यालय गहते डाँडामा भएको उपनिर्वाचनमा मतदान गर्न विहानै देखि मतदाताहरुले सौहार्दपूर्वक मतदान प्रक्रियामा भाग लिएका थिए । मतदानका्े समय अवधि ५ बजे रहेकोमा मतदान अधिकृतले समय सकिन साथ दलहरुको सहमतिमा मतदान प्रक्रिया सकिएको घोषणा गरेका थिए ।
मतदान अधिकृतका अनुसार उक्त निर्वाचनमा ८३ प्रतिशत मतदान भएको छ । यो गत निर्वाचन भन्दा केही प्रतिशत माथि हो । सो वडामा जम्मा एकहजार ४ सय ४ मतदाता थिए । मतदान प्रक्रिया सकिएसंगै ईन्द्रावती गाउँपालिका कार्यालय रहेको नवलपुरको निर्वाचन कार्यालयमा राखिने छ । बेलुका त्याँही मतगणना गरिने निर्वाचन कार्यालयले जनाएको छ ।