इन्द्रावती ८ मा नेकपाका केदारनाथ आचार्य विजयी

नवलपुर (सिन्धुपाल्चोक), आज भएको उपनिर्वाचनमा ईन्द्रावती गाउँपालिकाको ८ को वडा अध्यक्षमा केदारनाथ आचार्य विजयी भएका छन् । प्राप्त समाचार अनुसार पछिल्लो मत परिणाम अनुसार आचार्यले ७१२ मत ल्याएर विजयी भएका हुन् । मतान्तर २७३ मत रहेको छ । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका अर्का प्रतिद्वन्दी राले तामाङले ४३९ मत ल्याएका थिए । जम्मा ११७५ मत खसेकोमा राप्रपा संयुक्त हलोमा १२, राप्रपा गाईमा ३ र बदर मत ९ रहेको छ ।