‘हिमालयन ह्वाईट वाटर च्यालेन्ज’ मा होन्जा हावेले बिजयी

सुकुटे, १३ मंसिर
भोटेकोशीमा भएको अन्तराष्ट्रिय स्तरको ‘हिमालयन् ह्वाइट वाटर च्यालेन्जसिप २०१९’ को प्रतियोगीतामा होन्जा हावेले बिजयी भएका छन् । मंगलवारदेखि सुरु भएको नेपाल ¥याफ्टीङ एसोसियशन (नारा)को आयोजनामा भोटेकोशी ‘वाटर च्यालेन्जसिप ’ प्रतिस्पर्धामा हावेले प्रथम भएका हुन् । नेपाल ¥याफ्टीङ एसोसियशन नाराका अनुसार स्लालेम, बोर्डरक्रस, डाउन रिभर रेसदेखि स्प्रिन्ट र कर्पोरेट राफ्टिङ रेस गरी ५ विधामा प्रतिस्पर्धा भएको थियो । १५ देशका ८६ खेलाडी गाइड तथा एडभेन्चर पारखीले अनेक विधामा ¥याफ्टर गाइडबाट भोटेकोशीमा ‘¥याफ्टीङ’ गर्दै प्रतिस्पर्धा गरेका थिए ।

जसमा वाटर च्यालेन्ज’ खेलाडीका प्रथम हावेले ५० हजार, द्वितिय सुरज गुरुङ (नेपाल) ३० हजार र तृतिय रेमोण्ड चिण्डनी टिटोभन (फ्रान्स) ले २० हजारसहित मेडल र प्रमाणपत्र पाए । पर्यटन वर्ष २०२० लाई लक्षित गरेर गरिएको एडभेन्चरमय प्रतियोगिता पूर्व मन्त्री तथा सांसद अग्नी सापकोटा, जनप्रतिनिधि र नारा, टानका प्रतिनिधिले बिजेता टिमलाई पुरस्कार वितरण गरे । सुरुवाती चरणमा स्लालेम खेलबाट सुरु भएको वाटर च्यालेन्जसिप , बोर्डर क्रसको उदघाट्न बलेफी र चौतारा सा“गाचोकगढी नगरका जनप्रतिनिधिले गरेका थिए । विदेशी तथा स्वदेशी निर्णायक मण्डलले सम्पूर्ण विधामा निश्चित समयमै आउनेलाई अंक दिएका थिए ।
विश्वमा साना ठूला गरी ६ हजार नदीनाला रहेका छन् । त्यसमध्ये दश उत्कृष्ट नदी एडभेन्चरको लागि चुनिएका छन् । जसमा भोटेकोसी र सुनकोसी सातौ उत्कृष्ट तहमा परेको छ ।

१८ औं हिमालयन ह्वाईट वाटर च्यालेन्ज २०१९ मंगलबारदेखी सुरुवात भएको थियो । ३ नम्बर प्रदेश सरकारको समेत सहयोगमा नेपाल एसोसियसन अफ ¥याफ्टीङ एजेन्सी (नारा) को आयोजनामा सुनकोसी नदीमा हिमालयन ह्वाईट वाटर च्यालेन्ज (प्रतियोगीता) गरिएको हो ।
चौतारा साँगाचोकगढी नगरपालिका ९ भैंसेस्थित सुनकोसी नदी किनारमा एक कार्यक्रम गर्दै प्रतियोगिताको शुभारम्भ गरिएको हो । उक्त उदघाटन बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षत्री, नाराका उपाध्यक्ष मेघ आले र चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रप्रसाद बस्यालले प्रतियोगी खेलाडीहरुलाई ब्याट प्रदान गर्दै खेलको शुभारम्भ गरेका थिए ।
बिहिबार फाईनल खेल गरि सकिएको ह्वाईट वाटर च्यालेन्जमा विभिन्न देशका ६६ प्रतियोगीले भाग लिएका थिए । उनीहरुबीच विधागत रुपमा कायाकतर्पm स्लालोलम, बोटर क्रस र डाउन रिभर रेसमा प्रतिष्पर्धा भएको थियो । कायाक तर्फ प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई २५ हजार र तृतीयलाई १५ जार पुरस्कार प्रदान गरिएको नाराका सहकोषाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । । त्यस्तै ¥याफ्टीङ रेस तर्फ प्रथम हुने समुहलाई १ लाख पुरस्कार दिईएको उनले जानकारी दिए ।
भ्रमण बर्ष नजिकिँदै गर्दा पर्यटक भित्र्याउन उक्त प्रतियोगिता महत्वपूर्ण रहेको सहकोषाध्यक्ष श्रेष्ठको तर्क छ ।