प्रदेशसभामा ३ करोड ६० लाखको बजेट

चौतारा । सिन्धुपाल्चोक जिल्ला प्रतिनिधिसभा १ को प्रदेश सभा २ मा प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयबाट झण्डै पौने चार करोड बजेट विनियोजन भएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ को सशर्त अनुदानमा प्रतिनिधिसभा १ को २ मा ११ योजनाहरुमा ३ करोड ६० लाख परेको प्रदेशसभा २ का सांसद सरेश नेपालले जानकारी दिए । उनका अनुसार सडक तथा पूर्वाधारमा छुट्याईएको उक्त बजेट ३ गाउँपालिका र एक नगरपालिकाको लागी छुट्याईएको हो ।
जसअनुसार बलेफी, जुगल, सुनकोशीमा ३–३ वटा योजना परेको छ भने चौतारा साँगाचोकगढी नगरपालिकामा २ वटा योजना परेको छ ।
कुन पालिकामा कति बजेट ?
बलेफि गाउँ पालिका
१) अँधेरी माङखा वुवासे सडक– ६ रु ३० लाख
२) नौबिसे कल्लेरि फुल्पिङ्गकोट जल्विरे सडक स्तरोनति –२ रु ४० लाख
३) युवा उधम भवन परिसर पुर्वधार निर्माण खाडिचौर (साउने –७ रु ३० लाख
जुगल गाउँपालिका
१) नाम्फा सन्च गाउँ ग्रामीण सडक स्तरोनति –२ रु ४० लाख
२) बाधसिम्ले माहाभिर कालापानी सेलाङ सडक स्तरोनति –१ रु ३० लाख
३) सुनखोला पाङ्ताङ माझ गाउँ सडक–४ रु ३० लाख
सुनकोसी गाउँ पालिका
१) थुम्पाखर भिरकुना दमै टोल हुदै बस्नेत टोल सडक–६ रु ३० लाख
२) कलम्सि खोला मुहान यमुना बेसि हुदै पात्लेबेसि सिन्चाई आयोजना–५ रु ३५ लाख
३) सिल्कु गोमासे भोटे यमुना खानेपानी सुधार रु ३५ लाख
चौसागढी नगरपालिका
१) कामिडाँडा लसुने बतासे सडक –२ रु ३० लाख
२) साउनेटोल बाँसबारी गोल्मे सडक –४ रु ३० लाख