प्यारो भूमी

बिन्दु थामी (श्रदा)

मेरो प्यारो जननी जन्म भुमिले
सुन्दर प्रकृतिको त्यो शौन्दर्यले
छितिज पारीबाट बर्षा ऋतुको
सलल बग्ने खहरे खोलाहरुले
सुस्केरासंगै मलाई यतीबेला खाज्दै होला
गौरीशंकर कालिञ्चोक र शैलुङ
यस्तै टलटल हिमालहरुले
हिउँको सेतो घुम्टो उघारी
अनि त्यही रमणीय हिमालको
डाँफे मुनाल र कोहिलीहरुले
कतै यही लुकको त छ की भनि
यतिबेला चिहाउँदै होला
हरीयाली पाँखा पखेरीहरुले
आगमनको धुन दिने पंछिहरु
चिरबिर चिरबिराउदै होलान्
आफ्नो प्यारो सन्ततीलाई
मेरो प्यारो जननी जन्मभूमिले
हिमालको काखमा फूल्ने
सुनपाती र सुनगाभाहरु
मन्द मन्द चिसो हावाको गतिहरु
टोलाउदै बोलाउदै होलान्
मेरो पर्खाइमा
मेरो प्यारो जन्मभुमीले
ढकमक्क फुल्ने सप्तरंगी
फू्रलहरुको सोभायमान बगैचाहरु
स्नेह रमाया दिएर मलाई हुर्काउने
मेरा रमाईला बस्तीहरु
मेरै आगमनमा खोज्दै होलान्
बिहानीको न्यानो रबी किरणले
मेरो घर आँगनीमा सोधिरहेको होला
असिम माया ्ममता दिई
ताते ताते गर्दै हुकाई बढाई गर्ने
दृष्टिका खानी मायाको पारखी
आमाको न्यानो काखले
बोलाई रहेको होला
आफ्नो सन्तानका ेपर्खाइमा
टोलाईरहेको होला
मेरो प्यारो जननी जन्मभुमी
प्यारो प्यारो भुमी दोलखा ।