नयाँ मन्त्रीलाई राष्ट्रपतिद्वारा आज सपथ खुवाईयो (को–को परे? सूचिसहित हेर्नुहोस)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले मन्त्री परिषद् हेरफेर गरेको छ । नेकपाको नेतृत्वमा बनेको मन्त्रीपरिषद् दुईवर्ष पछि हेरफेर गरिएको हो । एकसाता लामो तयारीपछि नयाँ अनुहारका बनाईएको मन्त्रीमण्डलको सूचि बुधबार राष्ट्रपति कार्यालयद्वारा अनुमोदन भएको छ ।
राष्ट्रपति कार्यालयद्वारा बुधबार जारी गरिएको प्रेस विज्ञप्ति अनुसार २५ जना मन्त्रीको नामवली सार्वजनिक गरिएको छ । जसमा प्रधानमन्त्री, रक्षा, गृह, परराष्ट्र, संघीय मामिला तथा सामन्य प्रशासन, अर्थ, शिक्षा, उर्जा र सञ्चार लगाएत पुरानै दोहोरिएका छन् । जसमा घनश्याम भुसाल, भानुभक्त ढकाल, लेखराज भट्ट, योगेशकुमार भट्टराई र रामेश्वर राय यादव लगाएत झण्डै डेडदर्जन मन्त्री नयाँ अनुहारका छन् । नयाँ फेरवदल गरिएका मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार नै सपथ खुवाएकी थिइन ।

यसैबीच नेकपाको सचिवालय बैठककले पार्टी अध्यक्ष प्रचण्डलाई पार्टी कार्यकारी भूमिका प्रदान निर्णय गरेको छ । अघिल्लो साता बसेको पार्टीको सचिवालय वैठकको निर्णयलाई नेकपाले कार्यान्यनमा ल्याएको हो । नेकपाका अनुसार प्रचण्डले पार्टी अध्यक्षको पूर्ण जिम्मेवारी र सरकारको अर्का अध्यक्ष केपी शर्मा ओलीले समाल्ने छन् ।