
जनप्रतिनिधिबाटै भूकम्प पीडित अनुदान फिर्ता

हेलम्बु । जिल्लाको हेलम्बु गाउँपालिकाका एक जनप्रतिनिधिले आवास अनुदानको किस्ता सरकारलाई फिर्ता गरेका छन् । पुनर्निर्माण बाँकी नै रहेको अवस्थामा हेलम्बु –१ का वडाअध्यक्ष मीङमार लामाले फिर्ता गरेका हुन् । उनले खातामा जम्मा भैसकेको अनुदान रकम फिर्ता गरेका थिए । ‘आफ्नो घर हुँदाहुँदै अनुदान लिनु गलत जस्तो लाग्यो अनि फिर्ता गरे‘, उनले भने । हेलम्बुका वडाअध्यक्ष लामाले हेलम्बुभरका भूकम्पपीडितलाई बस्न योग्य घर भएमा अनुदान नलिन आग्रहसमेत गरेका छन् । यसअघि मेलम्ची नगरपालिका मेलम्ची नगरपालिका–१३ का झंकप्रसाद दंगालले पनि गत असारमा भूकम्पपीडितका लागि आएको अनुदान फिर्ता गरेका थिए । भूकम्पपीडित अनुदान रकम फिर्ता गर्ने वडा अध्यक्षको निर्णय स्वागतयोग्य भएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले तीन नगरदेखि नौ गाउँपालिकाभर आवास हुनेहरूलाई अनुदान नलिन सचेतना अभियान सुरु गरिएको गाउँपालिका महासंघका महासचिव तथा इन्द्रावती प्रतिक्रिया दिए । जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान तथा पूर्वाधार) ले दिएको जानकारी अनुसार जिल्लाभर अहिलेसम्म १३ भूकम्पपीडितले अनुदान फिर्ता गरेका छन् । इकाई अन्तर्गत निजी आवासका अनुसार अहिलेसम्म पहिचान गरिएका ८८ हजार २ सय ४९ भूकम्पपीडितमा ८५ हजार ५ सय २३ जनाले अनुदान सम्झौता सकेर पहिलो किस्ता लगिसकेका छन् ८३ हजार ७ सय ८० ले दोस्रो र ७४ हजार ८ सय ४१ जनाले तेस्रो किस्ता पाइसकेका छन् । यसमा १४ हजार ७ सय ४९ भूकम्पपीडितलाई आवास सम्पन्न प्रमाणपत्र वितरण गरिएको छ ।