कालापानीबाट सेना फिर्ता लैजान प्रम ओलीले दिए कडा चेतावनी

२ मंसिर, कामाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक इन्च नेपाली भूमि पनि मिच्न नदिने भन्दै कालापानी क्षेत्रबाट आफ्नो सेना फिर्ता लैजान भारतलाई कडा चेतावनी दिएका छन् ।
कम्युनिष्ट नतृत्वको सरकारलाई अरु सरकार जस्तो कमजोर नसोच्न भातीय प्रधानमन्त्रीलाई उनले अग्रह गरेका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सवद्ध युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले भने, ‘सरकार कसैलाई पनि हाम्रो एक इन्च पनि जमिन मिच्न दिँदैन, छिमेकी देशले हाम्रो भूमिबाट आफ्ना सेना फिर्ता लैजाओस् भन्ने चाहान्छ ।’

पछिल्ला दिनहरुमा विपक्षी दलका नेताहरुले प्रधानमन्त्री किन मौन भन्ने प्रश्न गरिरहेका बेला प्रम ओलीको यो पहिलो अविव्यक्ति आएको हो । उक्त कार्यक्रममा सम्बोधन गर्दै प्रम ओलीले सिमाबारे सरकारले केही बोलेन भनेर अनावश्यक नउराल्न उनले आग्रह गरे । त्यसको लागी सरकारले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्ने पहल थालिसकेको समेत स्पष्ट पारे । ‘राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा सरकारलाई सबैको साथ छ । सरकारलाई प्राप्त बलियो समर्थनका लागि सबैलाई धन्यवाद दिन चाहन्छु’ प्रधानमन्त्री ओलीले भने, ‘तर आफूलाई अतिरिक्त देशभक्त देखाउन गरिने उत्श्रृंखल गतिविधि अनुचित छन् । हामी कूटनीतिक संवादबाट समस्याको समाधान गर्नेछौं ।’

कतिपयले नयाँ नक्सा छाप्न सुझाव दिएको भन्दै उनले भने, ‘नक्सा सच्याउनुभन्दा अगाडि अतिक्रमित भूमि फिर्ता लिन चाहन्छौं ।’
संसदको राज्य व्यवस्था समितिले नै लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो ।
प्रधानमन्त्री ओलीले नेपालको कुरा अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा सुनिन थालेको भन्दै राष्ट्रियताको पक्षमा सरकार दृढ उभिएकै कारण नेपालको गरिमा बढेको बताए । कार्यक्रममा अर्का अध्यक्ष प्रचण्डले नेपालको भूमि मिच्ने भारतीय प्रवृति नरोकिए नेपालीले डटेर सामना गर्ने चेतवानी दिए ।