राष्ट्रिय युवासंघ सिन्धुपाल्चोकमा संयोजक आचार्य र सह–संयोजकमा तामाङ

चौतारा (सिन्धुपाल्चोक) – राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोकको संयोजकमा रुपेन्द्र आचार्य (सबिन) र सह(संयोजकमा हेमेश तमाङ मनोनीत भएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल ले ७७ जिल्लामा नेतृत्व टुंगो लगाएसंगै सिन्धुपाल्चोकमा पनि आचार्य र तामाङ मनोनीत भएका हुन् । आचार्य पूर्व माओवादी केन्द्र निकट वाइसीएल नेपालको जिल्ला उपाध्यक्ष हुन् भने तामाङ पूर्व एमाले निकट युवा संघ को सचिव हुन् ।
राष्ट्रिय युवासंघ नेपालले जिल्लाभर नै बिहिबार संयोजक र सहसंयोजकको नामवली सार्वजनिक गरेको हो । जिल्लामा सहसंयोजक र सहसंयोजक तोकिएसंगै छिट्टै नै जिल्ला संगठन र १२ वटै स्थानीय तहमा संङ्गठन बिस्तार गरेर अघि बढ्ने संयोजक आचार्यले जानकारी दिए ।