सुनकोशी गाउँपालिकाको नीति भौतिक पूर्वाधार विकास र कृषि

खाडीचौर । २९ साउन – सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले चालु आर्थिक बर्षका लागि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार गरेको छ । गाउँपालिकाले चालु आवमा पूर्वाधार क्षेत्रलाई नै पहिलो प्राथमिकतामा बजेट समेत विनियोजन गरेको छ ।
गाउँपालिकाले भौतिक पूर्वाधार बिकास नीति अन्र्तगत पालिकाको आवश्यकता अनुरुप यातायात गुरुयोजना तयार गरि सो अनुरुप पुर्वाधार निर्माण गर्न बजेट छुट्याएको छ । गाउँपालिकाका सडकलाई प्राथमिकता दिईने र सडक निर्माण तथा मर्मत सुधारका क्रममा सडक क्षेत्राधिकार कायम गर्ने, सडक विस्तार नीति तथा मापदण्डको प्रभावकारी ढंगले कार्यान्वयन गर्ने, गाउँपालिकाका ७ वटै वडालाई जोड्ने मोटरवाटो निर्माण तथा व्यापारिक सम्वन्ध स्थापना गर्ने कार्यलाई प्राथमिकता दिइने नीति गाउँपालिकाको छ ।
सडकको क्षेत्राधिकारलाई प्रभावकारी कार्यान्वयन गरी सडक अतिक्रमणलाई निरुत्साहित गर्दै सडक खुला राख्ने कार्यमा निरन्तरता दिइने र अव्यवस्थित रूपले रहेका विद्युत तथा टेलिफोनका पोल तथा तारलाई व्यवस्थित गर्न सम्बन्धित निकायमा समन्वय गर्ने गाउँपालिकाको नीति छ ।
गाउँपालिकाक्षेत्रको भूउपयोगलाई व्यवस्थित तुल्याउँन गाउँपालिका भूउपयोग नीति तयार गरी लागु गर्ने, घर तथा अन्य भौतिक संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक प्रविधिको अवलम्वन गर्ने, गाउँपालिका क्षेत्रमा खानेपानी तथा सिंचाई श्रोतको अभाव रहेकाले लिफ्टिङ्ग तथा सिंचाईका नविनतम् उपायहरु खोजी गर्ने र अधुरा योजनालाई पुरा गर्ने कामलाई जोड दिएको छ ।
गाउँपालिकामा युवाको लागि आवश्यक खेल मैदान तथा खेल सामाग्री सहयोग र खेलकुद प्रवद्र्धनका विविध कार्यक्रम सञ्चालन गर्ने, गाउँपालिकामा कृषि तथा पशु व्यवसायलाई सहयोगी पूर्वाधार निमार्ण गर्ने, दुग्ध संकलन तथा प्रशोधन केन्द्र, तरकारी तथा फलफुल संकलन, विक्री केन्द्र र विविध व्यवसायिक साझा सुविधा केन्दको भौतिक पूवार्धार निर्माण गर्ने लगायत नीति गाउँपालिकाले चालु आवमा लिएको छ ।
यस्तै, खानेपानी तथा सरसफाई नीति अन्र्तगत खानेपानीको मूल संरक्षण, विकास तथा सदुपयोग गर्ने, आयोजना निमार्णलाई प्राथमिकता दिने गाउँपालिकाको नीति रहेको गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसीले जानकारी दिनुभयो ।