पाँचपोखरी थाङपाल गाउँपालिकामा गुरुङ भाषा कक्षा संचालन

पाँचपोखरी (सिन्धुपाल्चोक) ( जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका ७ भोटेनाम्लाङमा गुरुङ भाषा कक्षा सुरुवात गरिएको छ । तमु धि बेल्जियमको आयोजनामा गुरुङ भाषा कक्षा संचालनकोे हिजोबाट सुरुवात गरिएको हो ।
गुरुङ भाषा कक्षा सञ्चालनको उद्घाटन तमु धि नेपालका महासचिव गिरी प्रसाद गुरुङले गर्नुभएको हो कार्यक्रममका प्रमुख अतिथि रहनुभएका महासचिव गुरुङले मातृ भाषा सिक्नलाई कुनै पनि उमेर समुहले नछेक्ने भन्दै सबै गुरुङ समुदायलाई आफ्नो मातृभाषा सिक्नका लागि आग्रह गर्नु भयो । उहाँले आफुले सिकेका भाषाहरु आफ्ना पुस्तालाई हस्तान्तरण गर्दै गुरुङ भाषालाई जिवन्त राख्नुपर्ने समेत जोडदिनुभयो ।
त्यस्तै कार्यक्रमका विशेष अतिथी तमु धि बेल्जियमका महासचिव गडुल ध्वज गुरुङ (जिमि गुरुङ) ले आफु गुरुङ हुनुको नाताले जन्मथलोमा भाषा कक्षा सन्चालनको सुरुवात गरीएको बताउनुभयो । त्यसैगरी कार्यक्रमका अर्का विशेषअतिथी भाषा विद् रत्नबहादुर गुरुङले गुरुङ समुदायको पहिचान भाषा भएकोले भाषा सिक्न आग्रह गर्नुभयो । ३ महिना सम्म दुई चरणमा सन्चालन हुने भाषा कक्षामा गम बहादुर गुरुङ र निमबहादुर गुरुङले प्रशिक्षण दिने बताइएको छ