ईटालीको नगरपालिका संग दुई स्थानीय तहले गरे सम्झौता

दिनेश दुलाल

मेलम्ची । सिन्धुपाल्चोकका दुई स्थानीय तहले इटालीको रोभेरेटो नगरपालिका संग पर्यटन प्रर्वद्वन लागि सम्झौता गरेको छ ।
ईटालीको भ्रमणमा निस्केका मेलम्ची नगरपालिका मेयर डम्बर बहादुर अर्याल र पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले ईटालीका मेयर फ्रन्सेस्को भेल्डुगालाई संग द्विपक्षीय सम्झौता गर्नुभएको हो । सिन्धुपाल्चोकका दुई स्थानीय तह मेलम्ची नगरपालिका तथा पाँचपोखरी थाङपाल गाउँपालिकाले रोभेरेटो नगरपालिका बिच पर्यटन प्रवर्द्धन गर्नेका निम्ति दुइ पक्षिय सम्झौता सम्पन्न भएको मेलम्ची नगरपालिकाले जनाएको छ ।

मेलम्ची नगरपालिकाले समृद्धिको प्रमुख ४ आधारहरु मध्ये पर्यटनको आधार प्रमुख मान्दै आएको थियो । जसमध्ये सो क्षेत्रको पर्यटन प्रबर्द्धनको लागि दुई नगरपालिका बीच सम्झौता गरिएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिकाले पर्यटन बर्ष २०२० भ्रमणका लागि पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई लक्षित गरेर भारी मात्रमा पर्यटन भित्र्याउने उद्देश्यले इटालीको रोभेरेटो नगरपालिकाका संग सम्झौता गरिएको सो गाउँपालिकाले जनाएको छ । उक्त अवसरमा पाँचपोखरी थाङपाल गाउँपालिकाले पाँचपोखरी थाङ्पालको परिवेश समेटिएको फोटो सहित रोभेरेटो नगरपालिकालाई औपचारिक निम्तो समेत दिईएको भ्रमण टोलीमा रहेका गाउँपालिकाका टासीलामाले जनाउनुभएको छ ।

स्मरण रहोस पछिल्लोपटक पाँचपोखरी थाङपाल गाउँपालिकालाई नेपालको प्रमुख पर्यटन नयाँ गन्तब्यका रुपमा समावेश गरिएको छ । यस अघि पनी सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका र अमेरिकाको जर्सी सिटी नगरपालिका संग भागिनी सम्बन्ध कायम भएको थियो ।