इन्जिनियर मुक्ती सिवाकोटी वाढीले वगाएर बेपत्ता

असार २१ सिन्धुपाल्चोक ( जुगल गाउँपालिका २ मा रहेको एक लघु जलविद्युत आयोजनामा गए राती वाढी पस्दा आयोजनामा कार्यरत एक इन्जिनियर मुक्ती सिवाकोटीलाई बगाएर बेपत्ता बनाएको छ । उनको खोजी कार्य जारी छ । आयोजनामा भेल पस्दा करोडौको भौतीक सामग्री समेत क्षती भएको जानकारी प्राप्त भएकोछ ।
सिन्धुपाल्चोकका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक माधव काफ्ले संग सिन्धुज्वाला डटकमले फोन संम्पर्क गर्दा खोजीकार्य जारी रहेको वताए ।