‘सहकारीमार्फत जनतामा आशाका सुनौला किरणहरु देखाउन सफल भएका छौं’

बालकृष्ण लामिछाने (अध्यक्ष)
मैत्री बचत तथा ऋृण सहकारी संस्था लि.सिन्धुपाल्चोक
यतिबेला जताततै सहकारी संस्थाहरु छ्यापछ्याप्ती दर्ता भएका छन् । कतिपय सहकारीहरु दर्ता भएपनि थन्किएका छन् भने केही सहकारीहरु प्रचलित कानुन र नियम विरुद्व चलेका छन् । तर ति मध्ये केही सहकारीहरु भने जनताको बीचमा लोकप्रिय भएका छन् । यसैमध्ये छोटै समयमा जनताको माझमा भिज्न सफल चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ७ अन्र्तगत सानोसिरुवारीमा रहेको मैत्री बचत तथा ऋण सहकारी संस्था लि. ले जनताको बीचमा कसरी काम गरिरहेको छ र संस्थाको आगमी जनपक्षीय कार्यहरु के कस्ता छन् भन्ने सन्दर्भमा भन्ने सन्र्दमा सिन्धुज्वाला साप्ताहिकले भर्खरै उक्त संस्थाको १० औं साधारणसभा तथा चौथो अधिवेशनबाट पुनः निर्वाचित संस्थाका अध्यक्ष बालकृष्ण लामिछाने संग लिएको छोटो कुराकानीको सम्पादित अंश –सम्पादक
१) वधाई छ यहाँलाई ?
–धन्यवाद । तपाई र सिन्धुज्वाला साप्ताहिक परिवारलाई ।
२) मैत्री बचत तथा ऋण सहकारी संस्थाको १०औं साधारणसभा तथा चौथो अधिवेशनबाट यहाँ पुनः निर्वाचित हुनुभयो, संस्थामा अरु विकल्प नभएर हो ?
–मैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भखरै दशौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न गरेको छ । प्रथमतः सभा सम्पन्न गर्न महत्वपूर्ण जिम्मेवारी पुरा गर्ने संचालक समितिका मेरा साथीहरु तथा शेयर सदस्यहरुमा हार्दिक धन्यवाद दिन चाहन्छु । म यस संस्थाको संस्थापक सचिव पनि भएको र दुईवटा कार्यकाल ६ बर्ष सचिव पदमा रहेर संस्थालाई एउटा गतिमा अगाडी बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा निवेदन गर्न चाहन्छु साथै सातौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनले मलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरि थप जिम्मेवारी प्रदान ग¥यो भने हालै सम्पन्न चौथो अधिवेशनले पुनः सोहि पदमा निर्विरोध निर्वाचित गरेको छ । जहाँसम्म तपाईको प्रश्न छ विकल्प नभएर हो की भन्ने । आज संस्था दशौं बर्षमा आफ्नो पाइला बढाउदै गर्दा सहकारी शिक्षा र हाम्रो कामकाजबाट नेतृत्व गर्न सक्ने थुप्रै साथीहरु तयार भैइ सक्नुभएको छ । यस बीचमा संस्थाले थुप्रै आरोह अवरोह पार गरेर एउटा सफलता प्राप्त गर्न क्रियाशील रहेको छ । मेरो कार्यकाल भनेको साथीहरुको विश्वास र मेरो लगनशीलताको कदर मात्र हो निर्विकल्प हैन ।


३) यस संस्थाको अध्यक्ष भएर यहाँले कति कार्यकाल मैत्री बचतको नेतृत्व गर्नुभयो ?
–मैले अध्यक्ष पदमा एउटा कार्यकाल पुरा गरिसकेको छु । दोस्रो कार्यकालको लागि पुनः निर्वाचित भएकोछु । शेयर सदस्यहरुको विश्वास र भरोसालाई कहिकतै डगमगाउन र निराशामा बदल्न दिने छैन ।
४) यहाँ अध्यक्ष भएदेखि सहकारीमा रहेर काम गर्दाको अनुभव कस्तो रह्यो संक्षिप्तमा बताईदिनुहोस न ।
–संस्थाको मूख्य जिम्मेवारीमा बसेर काम गर्नु भनेको चुनौति र अवसरका बीचमा आफुलाई हिँडाउनु पनि हो । अझ सहकारी संस्था जस्तो आर्थिक क्रियाकलापमा मात्र सीमित संस्थाको जिम्मेवारी बहन गर्नु ख्याल ठट्टाको बिषय हुँदै होइन । मेरो मुख्य बिषय सुशाशन कायम गर्नु वीत्तिय अनुशाशनमा प्रतिवद्ध रहनु र संस्थाका हरेक गतिविधीमा सदस्यहरुको प्रत्यक्ष सरोकारलाई बृद्धि गर्नु रहेकोले थुप्रै नविनतम र सकारात्मक अनुभवहरु रह्यो । आजको दुनियाँ पूँजीवादको चरम उपयोग गरिहेको अवस्थामा सामाजको अन्र्तर घुलन अवस्थापनि सोहि अनुरुप चलिरहेकोले हरेक अवस्थाको प्रतिक्रिया आर्थिक रुपमा जोडिएर आउने भएकोले स्वच्छ आर्थिक क्रियाकलापमा विश्वस्त समाज निर्माण गर्नु हाम्रो लक्ष्य रहेको छ ।
५) छोटै समयमा सहकारीले निकै उपलब्धी हाँसिल गरेको यहाँले संकेत गर्नुभयो १० वर्ष भएछ सहकारी स्थापना भएको पनि, यो बीचमा भएका सहकारीका खास–खास उपलब्धीहरुलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
हाम्रो समाज कस्तो बानाउने भन्ने कुरा हामी समाजमा बस्ने नागरिकहरुको मेहनत र लगाशीलताको कुरा हो । देशमा पटक–पटक थूप्रै व्यवस्थाहरु प्रिर्वतन भए तर जसरी व्यवस्थाहरु फेरिए त्यहि गतिमा समाजको स्वरुप फेरिएन दशकौं जरा गाडेर बसेको सामन्ति संस्कारको पूँजीवाद तब मात्र फेरिदो रहेछ जब नागरिकहरुमा विकल्पको बिरुवा हुर्कनु र त्यसले गतिलो फल दिनु पर्दोरहेछ । हो, हाम्रो संस्था त्यहि फल सहितको बिरुवा प्रमाणित भएको् छ ।
चाडपर्व मान्न समेत साहुकोमा जान घ्यू को कोशेली लानुपर्ने अनि उसले तोकेको ब्याजमा तिर्न बुजाउन मञ्जुर भएर पहिल्यै ढेकी काटेर ऋण लिने प्रचलन समाजमा चलिरहेकै थियो । ऋणीको जिन्दगी ब्याज तिर्दा तिदै सकिन्थ्यो अनि फेरी छोरा छोरीले समेत तिनु पर्ने अनि गरिब झन गरिब र धनि झन धनि बन्ने कारणले धनि र गरिब बीचको खाडल दिन दिनै ठुलोहुदै जानुले समाजमा असमानता पनि त्यसरीनै बढिरहेको थियो । यस्तै सामाजिक अवस्थाको बीच खडाभएको हाम्रो समाजमा आज आशाका सुनौला किरणहरु देखाउन सफल भएकाछौं । आज ऋण लिन कुनै साहुको दैलोमा घ्यूको हर्पे बोकेर धाउनु पदैन । ब्याज के हो र यसले जीवनमा कस्तो प्रभाव पार्छ ब्याज तिरेर ल्याएको कर्जालाई कस्तो ठाउँमा पूँजीको रुपमा लगाएर आर्थिक उन्नति गनुपर्छ भन्ने रामैसंग जान्न सफलभएका छन नागरिकहरु र समाजको विकास अगाडी बड्दैछ ।
स्थानिय जनताहरुलाई उन्नतिको लोभलाग्दो अवसर प्रदान गर्न सफल भएका छांै । सदस्यहरुको सीपलाई व्यवसायिकतामा जोड्ने प्रयत्न गरेका छौ । थैली र खुत्रुकेमा रहेका असुरक्षित रकमहरु संस्थामा ल्यान सफल भएका छांै । कृषि उत्पादनमा जोडिएर व्यवसायिक रुपमा गर्ने पेशामा ब्याज छुटको ब्यवस्था गरेका छौं । कर्जालाइ डरको रुपमा हैन उर्जाको रुपमा प्रयोग गर्ने साहस भर्न अग्रसर भएका छौं । सामाजमा बचतको बानी बिकास गरेको र बचतको बानीले फजुल खर्च कमी भई अनुसाशित समाज निर्माण गर्न प्रतिबद्ध भएका छौं । के यि सब बिषहरु हाम्रा उपलब्धी हैनन् र ?
६) प्रायः सहकारीहरु ऋण प्रवाह र असुली मात्रै गरेको देखिन्छ यहाँको सहकारी पनि त्यस्तै होकी अलि फरक छ अर्थात जनतालाई पत्यक्ष टेवा पुग्ने खालको काम त्यस्तो केहीभएको छ की ?
–हाम्रो संस्था मैत्री बचत तथा ऋण सहकारी मूख्तः बचत तथा ऋण कारोवार गर्ने नै संस्था हो तर कस्तो उद्देश्य सहित गरिदैछ भन्ने मूख्य बिषय हो जस्तो लाग्छ । २०७२ साल बैशाख १२ गतेको महाविनासकारी भूकम्प जाँदा हाम्रो संस्था भर्खरै अगाडी बढदै थियो । सारा जनता र देशनै शोकमा डुबेको अवस्था थियो । न बास न गाँस जनता बिचल्लिमा थिए हामीले के सोच्यौ भने कम्तिमा दश दिन बचाउन सके मात्र पनि स्थिति अलि सहज बन्ने थिया ेकी भन्ने ठानेर भूकम्पको चौथो दिन करीब ६०० घर धुरीलाई चामल, दाल, नुन र तेल जस्ता अत्यावश्यक खाद्य सामाग्री बितरण गरि सामाजिक उत्तरदायित्व बहन गरियो । जतिबेला राज्यनै अकर्मन्यतामा फसेको जस्तो लाग्थ्यो न त विदेशी दातृनिकायको उपस्थिति थियो न स्वदेशी संघ सस्थाकै हामीले हाम्रा जनता तथा समाजका मान्छेलाई बचायौं । भूकम्प पछिका बर्षहरुमा घर निर्माण गर्ने सदस्यहरुलाई सर्वशुलभ कर्जा सापटी उपलब्ध गराई सुरक्षित छाने भित्र ल्याउन सफल भयौं । हरेक बर्ष सदस्यहरुका छोरा–छोरी उत्कृष्ट अंक सहित उतिर्ण गर्ने कक्षा १२ र एसईई का विद्यार्थीहरुलाई सम्मान सहित नगद प्रोत्साहन गरिरहेका छौं । ज्येष्ठ नागरिक सम्मान तथा कोपीला बचत कर्ता सम्मान र सदस्यहरुको स्थानिय सीपविकास तथा अवलोकन भ्रमण गरी थप व्यवसायिक बन्ने उत्साह भरिरहेका छौं ।
७) प्राय सहकारीहरुले चर्को व्याज असुल्ने काम मात्रै गरेका छन् भन्ने आरोप छ नी यो आरोपलाई कसरी खण्डन गर्नुहुन्छ ?
– देशमा हाल ३४ हजार सहकारी संस्थाहरु दर्तारहेका छन् । त्यसैले केहि संस्थाले कमजोरी गरेर जनतालाई थप असजिलो पारेका पनि छन् । सबैलाई समान धारणले मूल्याङ्कन गर्नु हुदैन । जुन चर्को ब्याजको कुरा गर्नुभो वास्तवमा नेपाल सरकारले भर्खरै ल्याएको ऐनले सहकारी संस्थाहरुले १६ प्रतिशत सम्म ब्याज लिन पाउने ब्यवस्था गरेको छ भने बचत र ऋणको ब्याज अन्तर (स्प्रेड दर) ६ प्रतिशतमा सिमीत हुनुपर्ने व्यवस्था छ तर हाम्रो संस्थाले हाल १५ प्रतिशतमा कर्जा लगानी गरिरहेको छ भने बचत र ऋणको ब्याज अन्तर (स्प्रेड दर) ४ प्रतिशतमा सिमीत राखेको छ । कृषिमा गरिने लगानीमा थप ब्याज छुटको ब्यवस्था समेत गरेकाछौं । यस्तो आरोपबाट हामी शत प्रतिशत सुरक्षित छौं । हाम्रो लोक प्रियता सदस्यहरुमा नापे हुन्छ । हामीले ऋण लिएर समयमै भूक्तानी गर्दा ऋणी समेत उत्कृष्ट हुनसक्छ भन्ने मान्यतालाई विकास गरि उत्कृष्ट ऋणी सम्मान गर्दै, ऋणीले तिरेको बार्षिक ब्याजको १० प्रतिशत सम्म ब्याज फिर्ता दिने ब्यवस्था गरेकाछौं ।
८) यतिबेला स्थानीय तह गठन भएसंगै जिल्लाका सहकारीहरु अब स्थानीय सरकारको मातहातमा रहने भएका छन् । सहकारीहरु वेथितिमा चलेको भन्दै स्थानीय तहले सहकारीहरुको नियमन र अनुगमन गर्ने तयारी गरेका छन् । स्थानीय सरकारको यो कामलाई यहाँहरुले कसरी सहयोग गर्नुहुन्छ ?
–राज्यका हरेक अंगले काम गनुपर्छ । सहकारी संस्थाहरुको संख्याको हिसाबमा अनुगमनको पाटो अत्यन्तै फितलो छ । सहकारी ऐन २०७४ले सहकारी संस्थालाई उसको कारोवार, पूँजी र उदेश्य अनुरुप स्थानिय सरकार, प्रदेश सरकार, संघिय सरकार र नेपाल राष्ट्र बैंक लगाएतले हेर्ने प्रावधान गरेकोछ । सरकारले नजिकबाट अनुगमन गरोस र दण्ड सजाय संगै पुरस्कारको पनि ब्यवस्था गर्न जरुरी छ । कतिपय संस्थाहरु बचत समूहको सिद्धान्तमा चलेका छन भने कतिपय संस्थामा सदस्यता प्रतिबन्धित तथा सीमित गरिएको छ । सहकारी मूल्य र मान्यताका आधारमा सहकारी कर्म गर्न सरकारका हरेक तहले पे्ररित गनुपर्छ ।
हाम्रो जस्तो कृषि प्रधान देशमा समयमै बिऊ र मलको ब्यवस्था हुनसकेको छैन यसलाई ब्यवस्थित बनाउनु पर्छ । सहकारी साझेदारी नीति अनुसार स्थापना भई राज्यकोषबाट दुई आर्थिक बर्ष गरी दुई–दुई लाख अनुदान पाएका उपभोक्ता सहकारीहरु कुन अवस्थामा छन् राज्यको अनुगमन त्यहिबाट शुरु हुन जरुरी छ । हामीत राज्यको अनुदान हैन राज्यलाई कर तिरेर यो अवस्थामा आउन सफल भएका छौ । स्थानीय सरकारले मल, बिऊ र कृषि औजारहरु यस्तै सहकारी संस्थाहरु मार्फत वितरण हुने व्यवस्था मिलाउन सके कृषि विकासमा राम्रो टेवा पुग्ने देखेको छु ।
९) यहाँ दोश्रो पटक अध्यक्षमा पुनः निर्वाचित हुनुभएको छ । अबको कार्यकाल यस अघिको भन्दा कसरी उपलब्धीमुलक बनाउँदै हुनुहुन्छ ?
–मैत्री बचत तथा ऋण सहकारी संस्था स्थानीय जनतामा लोकप्रिय बन्न सफल भएको छ । यो म एक व्यक्तिको मेहनत, लगाव र कार्यले मात्र सम्भव नभई मेरो पुरै कार्यसमिति, लेखा सुपरिवेक्षण समिति, ऋण लगानी उप–समिति र शिक्षा उप–समिति तथा कतव्र्य निष्ठ कर्मचारी आदिको कारणले सफल भएको ठानेको छु । संस्थालाई एउटा राम्रो बाटोमा हिडाउन सफल भएको छु । आगामी दिनमा संस्थाको दिगो विकासको लागि पूर्वाधार निर्माण गरि थप विश्वास वृद्वि गराउनु र उपलब्धिहरुको रक्षा गरी थप उपलब्धिहरु हाँसिल गर्नु पर्ने र संस्थाको कार्य क्षेत्र विस्तार गर्नु मेरो प्राथमिकताको बिषय हुन ।
१०) सहकारीको आगमी दिनमा भावी लक्ष्य र योजना कस्तो रहेको छ संक्षिप्तमा बताईदिनुहोस न ।
–देशको चरम बेरोजगारी अवस्था बीच हाम्रो संस्थाले गरेका उपलब्धिका बारेमा हामीले माथी चर्चा गर्यौं । हामीले सदस्यहरुको जीवन उकास्नु पर्छ । संगै समाज र देशको पनि त्यसैले स्थानीय युवाहरुलाई थप व्यवसायिक बनाउन पहल गर्नेछु । परियोजना धितो राखेर रु १० लाख सम्म बिना धितो कर्जा लगानी गर्ने नीति बनाएका छौं । त्यस्ता नीति तथा कार्यक्रम लागु गर्न अग्रसर रहनेछु भने सदस्यहरुलाई विभिन्न तालिमको वयवस्था, सदस्यहरुको वीमा योजना लागु गर्ने तथा ऋणीको दुर्घटना वीमा कार्यक्रम शुरु गर्ने जस्ता लक्ष्य तथा योजनाहरुमा मेरो सक्रियता रहनेछ ।
११) यस पत्रिका मार्फत यहाँको भनाई केही छ की ?
स्वजीवि बन्नका लागि आत्म निर्भर बनौं सहकारीताले उन्नतिको बाटो पहिल्याऔं । तपाई हामी सबैले आ–आफ्नो ठाँउबाट एकले अर्कोलाई सहयोग गरौं । खुट्टा तान्ने प्रवृतिको अन्त्य गरी खुट्टा थाम्ने विचारको विकास गर्दै सहकारी संस्थाहरुलाई थप वयवस्थित र परिस्कृत बनाऔं । यतिबेला यस संस्थाका संस्थापक अध्यक्ष प्रदेश नं.३ का माननीय सामाजिक बिकास मन्त्री युवराज दुलाल संस्थापक उपाध्यक्ष रेशम प्रसाद गौतम तथा कोषाध्यक्ष रुपक धिताल लगाएतको कार्यसमिति देखि आजसम्मका विभिन्न पदमा बसेर सहयोय गर्ने सम्पूर्णमा धन्यवाद । यो अवसरको लागि तपाई लगाएत सिन्धुज्वाला टीमलाई धन्यवाद । नेपालीहरुमाझ आउँदै गरेको नेपाली राष्ट्रिय चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । जय सहकारी ।