पार्टी भित्रको संकीर्ण सोचबारे

बि.बि रायमाझी
हामी कम्युनिष्ट सिद्वान्तमा आस्था राख्ने मान्छेहरु, हामी सबैको उद्देश्य साझा हुन्छ । त्यो साझा उद्देश्य भनेको वर्गमा विभक्त समाजलाई, शोषणमा आधारित समाजलाई पूर्ण रुपमा ध्वस्त पार्नु र शोषण विहिन मजदुर र किसानको सत्ता बनाउनु अथवा श्रमलाई राज्यको मालिक बनाउनु । यसको निम्ति कम्युनिष्टको पार्टी बनाउनु अनिवार्य हुन्छ । क्रान्तिको बेलामा संघर्षको साधन र सत्ता प्राप्ति पश्चात श्रमको वा सत्ता सञ्चालनको साधन बन्छ र अन्ततः वर्ग अधिनायकत्व हुँदै पार्टी पनि लोप भएर जाने कम्युनिष्टको सार्वभौमिक नियमचित्र पर्दछ । कम्युष्टिहरुले पार्टीलाई मजदुर र किसानको अगुवा दस्ताको रुपमा, संगठित दस्ताको रुपमा, सबै जनवर्गीय र मोर्चाहरुको उच्च संगठनको रुपमा सर्वहारा वर्गको अधिनायकत्वको रुपमा र गुट, संकिर्णता, पुर्वाग्राही जाती धर्मको नभई साझा संकल्पको एकताको प्रतिकको रुपमा बुझ्ने गर्दछन् । यहि उद्देश्यका साथ विश्वका विभिन्न मुलुकहरुमा कम्यनिष्ट पार्टीहरु स्थपना भए । नेपालमा पनि २००७ सालमा कमरेड पुष्पाललको नेतृत्वमा कम्युनिष्ट पार्टीको स्थपना भएको र ७० वर्ष नाघि सकेको सबै सामु छर्लङ्ग छ । यहाँ जातीय विविधता, भौगोलिक विविधता, साँस्कृतिक विविधता, धार्मिक विविधता र वर्गीय विविधता छन् । पार्टी वर्गीय उत्पिडनको अन्त्य गर्ने प्रमुख संघर्षको सघन भएता पनि उल्लेखित पार्टी बाहिरको विविधताहरुले पार्टीभित्र जर्वजस्त प्रभाव पार्ने गर्दछन् । पार्टी २००७ मा स्थपना भएपश्चात डडेलधुरा कञ्चनपुरमा भिमदत्त पन्तको विद्रोह बारा पर्सामा किसानहरुको विद्रोह, २०१५ सालको संसदीय चुनावमा कम्युनिष्ट पार्टीको पार्टीको सहभागिता चिनियाँ कम्युनिष्ट पार्टी र रुसी कम्युनिष्ट पार्टीले नेपालमा पारेको प्रभाव केशरजंग रायमाझीको राजा संगको आत्मसमर्पण २०३६ र २०४६ सालको जनआन्दोलनमा कम्यृनिष्ट पार्टीहरुले खेलेको भूमिका २०५२ सालदेखि २०६२ साल सम्मको दशवर्षे जनयुद्वले पुरानो सत्ता माथि दिएको धक्का र अन्त्य कम्युनिष्ट पार्टीहरुको भूमिका र प्रतिक्रिया २०६२÷०६३ सालमा ऐतिहासिक जनआन्दोलनको विभिन्न घटनाहरुले पार्टीभित्र विभिन्न सोच प्रवृति र विचारधाराहरु प्रभावित भईरहेका छन् । यतिबेला पार्टीमा देखिएका कयौं समस्याहरु मध्ये संकीर्ण सोच एउटा प्रमुख समस्याको रुपमा देखिएको छ । हाम्रो पार्टीको संकल्प एउटै हो । रणनैतिक लक्ष्य एउटै हो । सिद्वान्त र विचार एउटै हो । तापनि पार्टीले गति लिन नसकेको कयौं कारणहरु मध्ये यो पनि एउटा कारण हो । संकीण सोच राख्ने आफुलाई प्रमुख र पार्टीलाई साहायकको रुपमा बुझ्ने गर्दछ । पार्टीको छाता ओडेर आफ्नो व्यक्तिगत समृद्वितिर लाग्नु उसको प्रथम कार्यसूचि हो । जनवाद उसको स्वतन्त्र खेलमैदान हो भने केन्द्रीयता उसको गोडाको जन्जिर हो । व्यक्तिगत स्वार्थ, व्यविचार, छाडा अरजकता, दम्भ सोच राख्ने मानिस संकीर्णको जीवनवोध हो र विधि, पद्वति, अनुशासन र त्याग उसको जीवनको अविशाफ हो । उसको लागि पार्टीको कार्यदिशा कार्यविधि अनुशासन र जनताको मुक्ति केही होईन । पौंचवाला नेता मन्त्रीहरुसंग चाकडी चाप्लुसी गर्नु र आफ्नो स्वर्णभूमि निर्माण गर्नु उसको अन्तिम उद्देश्य हो । यसरी पार्टीलाई भन्दा व्यक्तिलाई समग्र भन्दा अंशलाई अनुशासनलाई भन्दा स्वतन्त्रतालाई प्राथमिकता दिने सोचबाट नै संकीर्ण सोच जन्मने गर्दछ । ’म सुरु देखिको कम्युनिष्ट नेता त तिमी त हिजोको, मैले ७० वटा भोटा फटाईसके तर तिमीले एकजोर कपडा पनि फटाएका छैन‘, ’म भनुभवि तिमी सिकारु, म नेता तिमि कार्यकर्ता, मैले क्रान्तिमा धेरै लगानी गरेको छु । तिमी त अस्ति जन्मेको‘ भन्ने महोत्वकांक्षी र घमण्डी स्वभावले अरुको प्रतिभा क्षमता र भरपुर उर्जालाई नकार्ने प्रवृतिबाट पनि संकीर्ण सोच जन्मने गर्दछ । एउटै देशभित्र विभिन्न धर्म, जाती संस्कृतिहरु भएको र उत्पादन प्रक्रिया असमान भएको कारणले मानिसहरुको जीवन सोच संस्कार भावना विचार फरक–फरक हुने गर्दछन् । कथित ठूलो जातले सानो जातलाई हेप्ने, भेदभाव गर्ने, सम्पन्न व्यक्तिले निमृखा र असाह्य व्यक्ति माथि दमन र उत्पिडन गर्ने, सामजिक प्रभावबाट पनि पार्टी भित्र पनि संकीर्ण सोच जन्मने गर्दछ । रणनैतिक लक्ष्य एउटै भएपनि विचार कार्यदिशा, योजना, कार्यक्रमहरु गतिशील र फरक प्रकृतिका हुन्छन् । विचार र दृष्टिको आधारमा नेपालको ईतिहासमा कम्युनिष्ट पार्टीहरु फुट्ने र जुध्दै आएका छन् । कुनै पार्टीले शान्तिपूर्ण आन्दोलन गरेन । कुनै पार्टीले सशस्त्र संघर्ष गर्ने, सशस्त्र संघर्ष गर्ने पार्टीले शान्तीपूर्ण आन्दोलन गर्नेलाई, शान्तीपूर्ण आन्दोलन गर्ने पार्टीले सशस्त्र संघर्ष गर्ने पार्टीलाई हेर्ने सबालमा कतिपय कमरेडहरुमा एकअर्का प्रति सदभाव र आत्मिएता देखिदैन । अझै पनि पुरानो धङधङी अझै गएको छैन् फरक–फरक कार्यक्रम र कार्यशैलिले अझै संकीर्णताको दाग सोच मेटाई सकेको छैन् । एउटा सपना उनेको हाम्रो पार्टी वर्ग रुपान्तरण गर्ने होईन वर्गको अन्त्य गर्न बनेको हाम्रो पार्टी, आफ्नो वर्गप्रति घृणा होईन वर्ग प्रेम सदभाव र आत्मीयता जोडेको हाम्रो पार्टी, असमानाता र अत्यचार र उत्पिडिनको अन्त्य गर्दै न्याय समानताको जग बसाल्न बनेको हाम्रो पार्टी, आज हामीले सोचेजस्तो बन्न सकेको छैन् । यहाँ केही मान्छेको वर्गीय उत्थान हुँदैछ । केही मान्छे झन झन विपन्न र दयनीय बन्दैछन् । एउटै पार्टीमा काम गरेको कोही दरबारमा बस्छन् त कोहीले झुपडीमा पनि बास पाएका छैनन् । जसले दुस्मनको गोलिलाई आफ्नो शशिरले छेकेर नेतालाई बचाए । आज त्यो घाईते कार्यकर्ताको आमालाई क्यान्सर भएको छ । छोराछोरी पढाउन सकेका छैनन् । कोठाको भाडा तिर्न कुनै स्रोत छैन् । रुँदै सडकमा भौतारिरहेका छन् । त्यहि सडकमा आफ्नो पार्टीको मन्त्रीको गाडी हुँकदै जान्छ । त्यहि सडकमा कार्यकर्ताले दुई मुठा साग बेच्दा नगर ट्राफिकले फ्याँकिदिन्छ । यहाँ वर्गीय मायाँ होईन वर्र्गीय घृणाको सम्भावना बढेर जाँदैछ । पार्टीभित्रका केही नेता र मन्त्रीको कार्यशैली र जीवनशैली अधिकांश कार्यकर्ताहरु बीच कार्यसम्बन्ध खुकिलो हुँदै गईरहेको यी दुईबीच संकीर्ण सोच पनि झांगिदै गईरहेको आभाष हुन थालेको छ । अब हामीले आफ्नै बारेमा गम्भिर समिक्षा गर्नै पर्छ । हिजो हामी कुनै विचारको जगमा क्रियाशिल थियौं । आज कुन विचारमा क्रियाशिल हुँदैछौं । हिजोको सपना र आजको विपनामा के अन्तर छ ? हिजोको नेतृत्व कार्यकर्ता र जनताबीचको सदभाव सुदृढ आत्मीय सम्बन्धले अहिले यतिबेला छकी छैन् । यदि छैन भने अब के गर्नुपर्ला ? मलाई लाग्छ अब हामीले सबभन्दा पार्टी बनाउनु पर्छ । ठेकेदारहरुलाई पुँजीपतिहरुलाई हुनेगरी होईन वास्तविक जनतालाई हुनेगरी पार्टी बनाउनु पर्छ । पार्टीलाई नयाँ सोच र नयाँ एकताको आधारमा पुनः गठित गर्नुपर्छ । केन्द्र देखि सेलसम्म पार्टी एकदम सफा बनाउनु पर्छ । पार्टीभित्रका अवसरवादीहरु आफ्नो वर्गभन्दा सिंडी उक्लन चाहनेहरुलाई पार्टीबाट निस्कासन गर्नुपर्छ । माथि देखि तलसम्मको अथवा नेतामन्त्री देखि कार्यकर्ता सम्मको सम्पति छानविन गर्नुपर्छ । पार्टीले सम्पतिको एक निश्चित मापदण्ड बनाउन पर्छ र मापदण्ड विपरित सम्पति देखिएमा सो सम्पति राष्ट्रियकरण गर्नुपर्छ । पार्टीलाई जनवादी केन्द्रीयताको आधारमा संचालन गरिनुपर्छ । पार्टीभित्र नेता देखि कार्यकर्ता सम्मलाई फौजि अनुशासन लागु गरिनुपर्छ । अब पार्टीलाई विचारमा अर्थमा संस्कृतिमा व्यापक सुदृढिकरण गरेर लैजानुपर्छ । पार्टीभित्र अवसरवाद, अर्थवाद, अरजकतावाद र संकीर्णतावादको जरो उखेल्दै श्रमिक जनातको सेवक बनाउनुपर्दछ । यसो गरेमा मात्र पार्टी बलियो हुन्छ । पार्टी बलियो भयो भने जनता बलिया हुनेछन् । जनता बलिया भएमात्र देश बलियो हुनेछ ।