सिन्धुपाल्चोकमा डेंगीले एकको ज्यान लियो

भिमटार । ईन्द्रावती गाउँपालिका–१२ भीमटारमा डेंगी संक्रमणबाट एक जनाको ज्यान गएको छ । बिहिबार बिहान करिब ११ बजे ६५ बर्षीय रामबहादुर दनुवारको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक माधव काफ्ले जानकारी दिए । उनका अनुसार दनुवारको काठमाडौं बानेश्वर स्थित भेनस अस्पतालमा मृत्यु भएको हो ।
। अस्पताल स्रोतका अनुसार रामबहादुरको डेंगीबाट ज्यान गएको पुष्टि भएको हो । सामान्य ज्वरो आएपछि उपचारको लागि तीनअघि रामबहादुरलाई काठमाडौं परिवार स्रोतले बताएको छ ।
यो घटनापछि भीमटारमा अन्य पनि डेंगीका रोगी हुनसक्ने आंशका गर्दै स्वास्थ्यकर्मी टोली खटाएको प्रमुख इन्द्रावती गाउँपालिकाका प्रशासकिय अधिकृत विनोद रोक्काले नागरिक न्यूजलाई बताए ।
प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ डेंगीबारे बास्तविकता बुझ्न र मृतकको गाउँ गएर निगरानी राख्न जिल्ला स्वास्थ्य कार्यालयलाई अनुरोध गरिएको जानकारी दिइन्।