बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

बाह्रबिसे,सिन्धुपाल्चोक- बाह्रबिसे नगरपालिका मेयर निमफुञ्जो शेर्पालाई बदनाम गराउने हिसाबले केही सञ्चार माध्यमले गलत समाचार प्रकाशनगरिएको भन्दै नगरपालिकाले प्रेस वक्तव्य नै जारी गरेको छ ।

बाह्रबिसे नगरपालिकाको सचिवालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै मेयरको नाम मुछेर ’रोकिएन मेयरको अवैध धन्दा– भन्सार छली गर्ने गाडी राजश्व नियन्त्रणमा‘ भन्ने शीर्षक राखेर भ्रामक समाचार गरिएको प्रतिबाह्रबिस्रे नगरापालिकाले आपत्ती जनाएको छ । नगरप्रमुखको सचिवालय सदस्य शितल मोक्तानद्वारा जारी गरिएको प्रेसवक्तव्यमा भनिएको छ –’नेपालको संविधान २०७२ ले निर्दिष्ट गरिएको मौलिक हकमध्ये सूचना सञ्चारको हक पनि एक हो । आम नागरिकहरुको सूचना पाउने र सूचित हुने हकलाई संविधानमै व्यवस्था गरिएको व्यहोरा सवैमा विदितै छ । सोही मौलिक हकमा व्यवस्था भएबमोजिम सूचना पाउने र सूचित हुने कुरामा कोही कसैले पनि कसैको मानमर्दन हुने र व्यक्तिगत जीवनमा आक्षेप लगाउने गरी कपोकल्पितभ्रामक समाचार प्रसार गर्ने छुट कसैलाई छैन ।‘

विज्ञप्तिमा भनिएको छ–’ हालै सिटिजन पोष्ट वेबसाइटबाट भाद्र १५, २०७६ बाह्रबिसे नगरपालिका प्रमुख निमफुञ्जो शेर्पाको व्यक्तिगत तथा राजनैतिक द्देष फैलाउने उद्देश्यका साथ रोकिएन मेयरको अवैध भन्दा– भन्सार छली गर्ने गाडी राजश्वको नियन्त्रणमा भन्ने शीर्षकलाई मुख्य प्राथमिकता प्रचारप्रसार गरिएको प्रति गम्भीर ध्यानकर्षण भएको छ ।‘

विगतमा नगर प्रमुखको जिम्मेवारी नसम्हाल्दा सम्ममात्र व्यापार व्यवसायमा संलग्न रहेको तर निर्वाचित भएपछि नगरप्रमुखको दायित्वमात्रै निर्वाहा गरेकोले व्यापार व्यवसायको कुनै पनि जिम्मेवारी नलिएको नगरप्रमुखको सचिवालय सदस्य मोक्तानले बताए । ‘नगरप्रमुखको राजनैतिक तथा व्यक्तिगत जीवनमा चरित्र हत्या गर्ने उद्देश्यले नियोजित तवरले प्रकाशित भएको हो‘, मोक्तानले भने । बाह्रबिसे नगरपालिकाले उक्त सत्यतथ्यको बारेमा भन्सार विभाग रसुवामा बुझ्न समेत सम्बन्धित पक्षलाई चुनौति दिंदै कपोकल्पिक र भ्रामक खबर प्रचार प्रसार गर्ने अनलाइन तथा रिपोर्टरलाई कानुनको दायारामाल्याई कडा भन्दा कडा कारबाही गर्न समेत माग गरेको छ ।

उक्त भ्रामक समाचार प्रति कुनै सत्यता नरहेको नगरप्रमुख शेर्पाले प्रतिक्रिया दिए । आफु विरुद्व फैलाएको अफवाहविरुद्व कानुनी प्रक्रियामा जाने उनले बताए ।