बाह्रबिसे नगरपालिकाद्वारा बिजेता खेलाडीलाई सम्मान

बाह्रबिसे । बाह्रबिसे नगरपालिकाले राष्ट्रिय उपमेयरकप महिला फुटबल प्रतियोगितामा द्वितीय स्थान प्राप्त गर्ने आफ्ना खेलाडीहरुलाई सम्मान गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) द्वार आयोजित राष्ट्रिय उप–मेयर कप महिला फुटबल प्रतियोगीताको बाह्रबिसे नगरपालिकाले द्वितीय स्थान प्राप्त गरेको थियो । फाईनल खेल १२ गते भएको थियो । विजेता खेलाडीहरुलाई बाह्रबिसे नगरपालिका मेयर निम्फुन्जो शेर्पा र उपमेयर शुशिला पाख्रिनले सम्मान गरेका हुन् । द्वितीय स्थान हाँसिल गर्ने बिजेता खेलाडीहरुलाई नगरपालिकाले नगद २ लाख सहित सम्मानपत्र दिएर सम्मान गरेको छ । टिम क्याप्टेन रजनी श्रेष्ठ र टिम लिडर सन्दीप खड्का लगाएत खेलाडीहरुलाई नगरपालिकाले सोमबार सम्मान गरेको हो । खेलाडीहरुको सम्मान कार्यक्रम पछि आफ्नो प्रतिक्रिया दिंदै नगरप्रमुख निमफुञ्जो शेर्पाले नगरभित्रको खेल क्षेत्रको विकास र खेलाडीहरुलाई हौसला प्रदान गर्नको लागि नगद सहित सम्मान गरिएको बताए । ’खेल क्षेत्रको विकासलाई नगरपालिकाले उच्च प्राथमिकता राखेको छ‘, नगरप्रमुख शेर्पाले भने, ’सोही अनुसार नगरभित्र खेलाडीहरु उत्पादन गर्न थप लगानी गर्ने सोचेका छौं ।‘
खेलाडीहरु राष्ट्रका गहना भएकोले खेलाडीहरुको संरक्षण र विकासको लागि नगरपालिकाले आगमी बजेटमै थप लगानी गर्ने उनले प्रतिक्रिया दिए ।
नगरपालिकाद्वारा खेलाडीहरुलाई गरिएको सम्मान कार्यक्रमले खेलाडीहरुलाई थप हौसल प्रदान गरेको उपमेयर शुशिला पाख्रिनले प्रतिक्रिया दिईन ।
यसैबीच बाह्रबिसे नगरपालिकाले आफ्नो नगरभित्रको खेल र खेलाडीहरुको विकासको लागि अक्षकोष स्थापना गरेको छ । शुरुमा एकलाख घोषणा गरिएको उक्त अक्षयकोषमा ३ लाख सम्म पु¥याईने नगरपालिका मेयर निमफञ्जो शेर्पाले जानकारी दिए ।
खेलाडी सम्मान संगै एउटा अक्षयकोष बनाउने र उक्त अक्षयकोष मार्फत उनीहरुलाई आवश्यक पर्ने खर्च समेत नगरपालिकाले राखिदिने उद्देश्यले कोष खडा गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणीन्द्र प्रसाद पौडेलले जानकारी दिए ।