दूधको मूल्यमा दश रुपैयाँ बढाउन किसानहरुको माग

चौतारा (सिन्धुपाल्चोक), दुध उत्पादक किसानहरुले तत्काल दुधको मुल्य बढाउन सरकारसंग माग गरेका छन । सिन्धुपाल्चोकका दुग्धउत्पादक किसानहरुले यस्तो माग गरेको हुन् ।
विगत तीन वर्षदेखि सरकारले दुधको मूल्य यथावत राख्दा किसानहरु मारमा परेको भन्दै किसान समुहले तत्काल मूल्य बढाउन माग राखेको हो ।
आफुहरको उत्पादन लागतमा बिगत तीन बर्ष यता ३० प्रतिशत भन्दा बढि मुल्य बृद्धि भएको जनाउदै दुधको मुल्यमा प्रतिलिटर १० रुपियाँ बढाउनुपर्ने उनीहरुको माग छ ।
उक्त मूल्य निर्धारण नगरिए यो क्षेत्रका दश लाख किसानको प्रत्यक्ष रोजगारि गुम्ने र खर्बाै रुपैयाँका गाई, भैंसी नासिने भई राज्यको खरबको व्यापार घाटा बढ्ने किसान समुहको ठहर छ । नेपालको अस्तित्व संकटमा पर्ने खतरा रहने उनीहरुको दाबी छ ।
अहिलेकै मूल्यमा आफुहरुको लागत पनि नउठ्ने बताउदै उनीहरुले राज्यका कर्मचारी तथा बजारका सम्पूर्ण बस्तुहरुको मूल्य पटक–पटक बढ्दा पनि आफुहरुले लागत मूल्य पनि उठाउन नसकेको जनाउदै उनीहरुले स्थानीय सरकार मार्फत सरकारको ध्यानाकषर्ण गराएका हुन ।
सिन्धुपाल्चोकमा सबैभन्दा बढी दुध उत्पादन कुबिण्डे र बिन्जेलमा हुने गर्दछ । सिन्धुपाल्चोकमा मात्रै दैनिक १० हजार लिटर दुध उत्पादन हुने गर्दछ । बिन्जेलका दुग्ध उत्पादक किसान कृष्ण नेपालले किसानको उत्पादन बिना मानव जीवन सम्भव नरहेको बताउदै सिन्धुपाल्चोकका कृषकहरु राज्यबाट संसारमै सबैभन्दा बढी पीडित रहेको उनको आरोप छ ।

नेपालका ६५ प्रतिशत किसानले त्यस्तै अनुसासित आन्दोलन शुरु गरे भने सरकार सात दिन मात्र टेक्ने उनको चेतावनी रहेको छ ।
बजारमा सबै क्षेत्रको मूल्य आकासिएको अवस्थामा किसानका उत्पादनमा भने कुनै बृद्वि विकास नभएको उनको गुनासो छ । राज्यको नीति तथा कार्यक्रम कृषक लक्षित नरहेको बताउदै उनले आर्थिक परिवर्तनका कुनै काम नभएको प्रष्ट पारे ।
कृषकको उत्पादनमा रहेको लागत पाउनुपर्ने उनको माग रहेको छ ।‘अहिले राष्ट्रिय अर्थतन्त्रमा पशुपालन तथा दुध उत्पादनको भूमिका ११ प्रतिशत रहेको छ । ’त्यसलाई बढाउदै २५ प्रतिशत सम्म पु¥याउने हैसियतमा हामिहरु पुगिसकेका छौ‘, कुविण्डेका किसान साधुराम शर्माले भने ।
पेट्रोलको पटक–पटक बढ्ने, तरकारी जन्य दैनिक उपभोग्य बस्तुको मुल्य आकासिएर छुन नसक्ने अवस्थामा पुगेपनि दुधको मुल्य वितग तिन बर्षदेखि यथावत नै रहेकोमा किसानहरु आक्रोसित भएका हुन् ।
आफुहरुले बजारमा ल्याएको दुधलाई स्तरिय नमान्ने तर भारतबाट आयात गरिएको दुधमा देशले समृद्वि देखि रहेको भन्दै उनले आक्रोस पोखे ।
आफुहरुको मागलाई राज्यले सुनुवाई नगरे देशभर रहेका प्रतेक स्थानिय निकायका कार्यालयबाट पशु चौपाया सहितको आन्दोलन हुने किसानको भनाई छ । आफुहरुले पटक पटक सरकारको ध्यानाकर्षण गराउदा पनि कुनै आश्वासन नपाएको जनाउदै आफुहरु आफ्ना बस्तुभाउलाई प्रतेक वडा कार्यालयमा लगेर बाध्न बाध्य हुने पनि उनीहरुले चेतावनी दिएका छन् ।