’बरालिने परीपाटीको अन्त्य नभए समृद्वी सम्भव छैन‘– मन्त्री दुलाल

चौतारा (सिन्धुपाल्चोक), ३ नम्बर प्रदेशका सामजिक विकासमन्त्री युवराज दुलाले युवाहरुमा बरालिने परिपाटीको अन्त्य नभए मुलुकमा समृद्व नआउने बताए ।
चौतारा बहुमुखि क्याम्पसको १९ औं वार्षिक उत्सव समारोहलाई सम्वोधन गर्दै मन्त्री दुलालले उक्त धारणा राखेका हुन् । ’विकसित मुलकमा चमत्कारीमुलक भएको विकासको घटनाक्रमलाई हामी जस्तो चौबिसै घण्टा सरकारलाई गाली गरेर भएको होईन, अहोरात्र मिहिनेत पूर्वक काममा लाग्नु पर्छ‘, मन्त्री दुललाले भने । युवाहरुलाई लक्षित गरेर चौतारा बहुमुखि क्याम्पबाट दिनेश रामजी बहुप्राविधिक विद्यालय स्थपना गरेर प्राविधिक धारको सुरुवात गरिएको उनले बताए । अब क्याम्पसमा पढ्ने मात्र होईन पैसा पनि कमाउने गरी रोजगारी शिक्षा सुरुवात गरेका छौं, मन्त्री दुलालले भने । अहिले दुईवटा सुरुवात गरेर पाँचवटा विषयमा पठन पाठन गर्ने लक्ष्य लिएको उनले बताए । चौतारालाई नयाँ विश्वविद्यालय बनाउने समेत उनले उद्घोष गरे । आफुहरुले पूर्व घोषणा अनुसार जिल्लामा बहुप्राविधिक विद्यालय सहितको शिक्षा, स्वास्थ्य, मिनी रंगशाला र सडक लगाएत पूर्वाधारको विकास गरिएको उनले बताए । सम्वोधनकै सन्दर्भमा मन्त्री दुलालले सामजिक विकास मन्त्रालयले एक विद्यालयमा एक नर्सको कार्यक्रम १३ वटै जिल्लामा लागु गरिएको उनले बताए । मुख्यमन्त्री जनता परिक्षण कार्यक्रम अन्र्तगत यो वर्ष एकलाख जनताको जनता स्वाथ्य परिक्षण कार्यक्रम गरिने उनले बताए । २ हजार २ सय तिरेर होलबडी चेकको कार्यक्रम अभियानको रुपमा लिएर आउन लागेको उनले जनाकारी दिए ।
कार्यक्रममा नगरपालिकाका मेयर अमानसिं तामाङले जिल्लामै पहिलो बनेको बहुप्राविधिक विद्यालयलाई चौतारा साँगाचोकगढी नगरपालिकाले पर्यटन प्रर्वद्वनसंग जोडेर विकास गरिने बताए । जिल्लामै पहिलो बन्न लागेको मिनी रंगशालाले सिन्धुपाल्चोकको भविश्य उज्जल रहेको उनले बताए ।
कार्यक्रमका सभापति रहेका क्याम्मस सञ्चालन समितिका अध्यक्ष कृष्णराज श्रेष्ठले चौतारा बहुप्राविधिक विद्यालय ल्याउन सामजिक विकासमन्त्री दुलालले गरेको प्रयासलाई खुलेर प्रसंशा गरे ।
क्याम्पसको १९ औं वार्षिकउत्सव समारोहमा क्याम्पस प्रमुख नगेन्द्र प्रसाद दंगालले प्रतिवेन प्रस्तुत गरेका थिए । २०५८ सालबाट सञ्चालन रहेको उक्त क्याम्पसले शिक्षा विषयको स्नातक तहको तिवर्षे कार्यक्रम प्रारम्भ गरेको थियो । त्यस्तै गत सालदेखि स्नातकोत्तर तहको अनुमति पाएको थियो भने यसै आर्थिक वर्षदेखि बहुप्राविधिक विद्यालयको सम्वन्धन प्राप्त भई भर्ना समेत सुरुवात भईसकेको छ । हालसम्म उक्त क्याम्पसबाट शिक्षा, व्यवस्थापन र विज्ञान संकाय गरी ५०५ विद्यार्थी दिक्षित भईसकेको क्याम्पस प्रमुख दंगाललले जानकारी दिए ।
कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख, अविभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।