जिल्लाकै नमुना मोटरवेल पुल सुनकोशीमा

जिल्लाकै नमुना मोटरवेल पुल सुनकोशीमा
लामासाँघु (सिन्धुपाल्चोक), जिल्लाको बलेफी गाउँपालिलका वडा नम्बर ८ र त्रिपुरासुन्दरी गाउँपालिका सुनकोशी पुलले जोडिएको छ ।
डबल लेनको उक्त पुलको शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबिर महासेठले उद्घाटन गरेका हुन् । दुई खण्ड रहेको उक्त पुलको मुख्य स्पान ६० मिटर फलाम र २० मिटर आरसिसि रहेको उक्त पुल जिल्लाकै नमुना पुल मानिन्छ । भ्याट सहित १० करोडमा निर्माण भएको उक्त पुल ८१.९२ मिटर लम्बाई, ९ मिटर चौढाई र दायाँ बायाँ १–१ मिटर फुटपाथ रहेको छ । २०७१ सालमा निर्माणको सम्झौता भएको उक्त पुल २०७१ साउनको जुरे पहिरो, २०७२ सालको भुकम्प र भोटेकोशी भोटेकोशी बाढी पहिरोका कारण निर्माण अवरुद्व भएको थियो । पुल निर्माणको जिम्मा सोवर्ण निर्माण सेवाले लिएको हो उक्त निर्माण सेवा प्रालिका प्रोपाईटर अर्जुन थापा हुन् । पुल निर्माण सम्पन्न गर्न झण्डै पाँचवर्ष अवधि लागेपनि अन्य पुल निर्माणको तुलनामा उक्त सुनकोशी पुल द्रुत गतिमै निर्माण भएको प्रदेश सदस्य तथा ३ नम्बर प्रदेशका अर्थविकास सभापति एवम् प्रदेश सांसद सरेश नेपालले बताए ।
उक्त पुल निर्माण पछि त्रिपुरासुन्दरी गाउँपालिका, लिसंखुपाखर तथा दोलखा आसपासका जनतालाई सहज हुने भएको छ । यो पुल हुँदै खरिढुङ्गा निस्कने सडक खाडीचौर देखि मुडे सम्म लामोसाँघु–जिरी सडक भन्दा १७ किमी छोटो रहेको छ । सुनकोशी पुल देखि खरिढुङ्गा सम्म मिटर सडकको स्तर उन्नती हुन सके भविश्यमा चरिकोट, जिरी सोलु सम्म पुग्न सहज हुने त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए ।

’अब मुलुकमा कुनै राजनीतिक एजेण्डा छैन्‘– महासेठ

नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले विकासको एजेण्डा बाहेक मुलुकमा कुनै राजनीतिक एजेण्डा नरहेको उद्घोष गरेका छन् ।
शनिबार सिन्धुपाल्चोकको लामुसाँघु स्थित बलेफी गाउँपालिका ८ र त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने सुनकोशी पुलको उद्घाटन गर्न पुगेका मन्त्री सेठले उक्त कुरा बताएका हुन् । ’मुलुकमा अब कुनै राजनीतिक एजेण्डा बाँकी छैन् अब विकासको एजेण्डा मात्र हो‘, मन्त्री सेठले भने । पुल उद्घाटन पछिका औपचारिक मन्तव्यलाई सम्बोधन गर्दै मन्त्री सेठले वर्तमान सरकार कुनै पनि क्षेत्रमा असफल नभएको दावी गर्दै सरकारलाई चारैतिरबाट घेराबन्दीमा पारेको खुलासा गरे । वर्तमान प्रधानमन्त्री जत्तिकै काम गर्ने ईच्चाशक्ति सबै नेपालीले जगाए मुलुक विकास र समृद्विमा निकै फड्को मार्ने उनले ठोकुवा गरे । सिन्धुपाल्चोकमा आफ्नो पुरानो साईनो रहेको प्रसंग कोट्याउँदै मन्त्री सेठले उक्त जिल्लाको विकास निर्माणमा आफुले कुनै कसर बाँकी नराख्ने बचन दिए । तातोपानी नाका खोल्ने सम्मको आफुले पहल गरेको बताउँदै मन्त्री सेठले भने, ’तातोपानी नाका हामीले जसरी पनि खोल्छौ भनेका थियौं खोल्यौं अब यहाँको अरु उद्योग लगाएत विकास निर्माणमा जोड दिनेछौं ।‘ सिन्धुपाल्चोक जिल्लाको भविश्य निकै उज्जल रहेको बताउँदै मन्त्री सेठले सिन्धुपाल्चोकमा जति पनि पुल बाँकी छन् आफुले यो आर्थिक वर्षमा पुरा गरिछाड्ने प्रतिवद्वता जनाए । वर्तमान सरकारले गत आर्थिक वर्षमा मुलुकभर २ सय ४३ पुल, एक हजार कालोपत्रे सडक, एकहजार दुईसय ग्राभेल सडक र ३ सय ५० धुले सडक निर्माण गरिसकिएको उनले जानकारी दिए । कार्यक्रमका विशेष अतिथि रहेका सिन्धुपाल्चोक १ नम्बर क्षेत्रका सांसद अग्निप्रसाद सापकोटाले जनताले खोजेको सुशासन दिन नसकेको कारण मुलुक अराजकतातिर गएको धारण व्यक्त गरे । ’अहिले मुलुकमा अराजकता बढेको छ, हामीले जनतालाई सुशासन दिन नसकेको होकी भन्ने अनुभूत भएको छ‘, सापकोटाले भने । सांसद सापकोटाले वार्षिक दुई अर्ब आम्दानी हुने जिल्लाको ओरेन्टिएल म्याग्नासाईड जसरी पनि सुरुवात गरिने प्रतिवद्वता जनाए । सो क्रममा उनले जुरे पीडितको लागि जम्मा भएको रकम जसरी पनि दिलाई छाड्ने उनले प्रतिवद्वता जनाए ।
त्यस्तै कार्यक्रममा ३ प्रदेशका उद्योग बन तथा वातावरण मन्त्री अरुण नेपालले उक्त पुल निर्माणले सिन्धुपाल्चोक र दोलखाका बासिन्दाहरुलाई ठूलो राहत हुने प्रतिक्रिया दिए । त्यस्तै कार्यक्रममा प्रतिनिधिसभा १ प्रदेश (ख) सांसद सरेश नेपालले पुल निर्माण पछि पुलको संरक्षण अब स्थानीय जनताले लिनुपर्ने धारणा राखे । त्यसको लागि सरकारले हेरालुको व्यवस्था गरिदिनुपर्ने उनले बताए ।
यसैगरी कार्यक्रममा पूर्व सांसद् राजकुमार श्रेष्ठले उक्त पुल निर्माण गर्न जिल्लाका केही नेताहरुले आफुले गरेको भनी दावी गरेको भएपनि कसैको व्यक्तिगत पहलमा नभई २०६४ सालमा पुलको लागि आफुहरु लागि परेको उनले बताए ।