गैरसरकारी संघसंस्थालाई अंकुश लगाउँदै सरकार

लामोसाँघु । स्थानीय स्तरमा काम गरिरहेका गैरसरकारी संघ संस्थाहरुलाई सरकारले अंकुश लगाउने भएको छ ।
गैरसरकारी संघ संस्थाहरुको काम कारवाहीलाई नियमन तथा अनुगमन गर्नुपर्ने भन्दै प्रदेश सरकारले ऐनको व्यवस्था गर्न लागेको ३ नम्बर प्रदेशका अर्थविकास सभापति एवम् प्रदेश सांसद सरेश नेपालले बताए ।
ग्रामिण महिला सिर्जनसिल परिवारको २६ औं स्थपना दिवसको सन्दर्भमा कार्यक्रमलाई सम्वोधन गर्न प्राङ्ग्रेटार पुगेका नेपालले प्रदेश सरकारले गैरसरकारी संस्थाहरुलाई नियमन र अनुगमनको लागि ऐन ड्राफ्टको रुपमा सुरुवात गर्न लागेको जानकारी दिए । जुनसुकै जिम्मा एउटै गैरसरकारी संस्थालाई दिननहुने धारणा राख्दै नेता नेपालले एउटा संस्थालाई दुईवटा भन्दा जिम्मा नदिने योजना प्रदेश सरकारको रहेको बताए ।
’गैरसरकारी संस्थाहरु आफैंमा आधिकारिक संस्था होईनन् त्यसकारण उनीहरुको निश्चित कार्यक्षेत्र तोकिनुपर्दछ‘, अर्थविकास सभापति नेपालले भने । संस्थाको संस्थागत स्वरुप कस्तो हुन पर्ने भन्ने सन्दर्भमा सुझाब दिदैं नेपालले संस्था स्थपना भन्दा पनि स्थपनाको औचित्यलाई पुष्टि गर्नुपर्ने उनले बताए । ’लाउरेको भन्दा गुन्टाको बढी मायाँ‘ भन्ने उक्तिको उदाहरण दिंदै नेता नेपालले डोनर खोजर कार्यक्रम ल्याउने मात्रै काम मात्र नभई संस्थालाई नयाँपन झल्काउन सुझाव दिए । त्यस्तै कार्यक्रममा लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले महिला तथा बालबालिकाको हकमा काम गर्ने संस्थालाई गाउँपालिकाले सहयोग गर्ने बचन दिए । त्यस्तै बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले सिर्जनसिल परिवारले सुरु गर्न लागेको पीडित अस्थाई पुनस्र्थपनाकेन्द्रको स्वागत गर्दै जेष्ठनागरिकको आरम घर बनाउन समेत सुझाब दिए ।
कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठ, छिमेकी गाउँपालिकाका वडाअध्यक्ष लगाएतले आफ्ना धारणा समेत राखेका थिए ।
सिर्जनशील समनाता पुरस्कार
ग्रामिण महिला सिर्जनशील परिवारले आफ्नो २६ औं स्थपना दिवसको सन्दर्भमा संस्थाका अगुवा दुईजनालाई सिर्जनशील समनाता पुरस्कार र एकलाई मरणोप्रान्त पुरस्कार प्रदान गरेको छ ।
नगद् ५ हजार रहेको सिर्जनशील समनाता पुरस्कार संस्थाकी अगुवा देवी अधिकारी र कमला खड्काले पाएकी छिन् ।
त्यस्तै मरणोप्रान्त पुरस्कार स्व. रमा जिसीलाई प्रदान गरिएको छ । उक्त पुरस्कार उनका छोरा बासुदेव जिसीलाई दिईएको हो । उनीहरुलाई प्रमुख अतिथि सरेश नेपालले नगदसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन् ।
त्यसैगरी बालबालिका र महिलाको क्षेत्रमा सिन्धुपाल्चोकमा रहेर खोजमुलक पत्रकारिता गरिएको भन्दै जिल्लाका तीन पत्रकारलाई सिर्जशीलले कदरपत्रद्वारा सम्मान गरेको छ । कदरपत्रद्वारा सम्मानित हुनेमा सिन्धुज्जाला पत्रिकाका सम्पादक दिनेश दुलाल, समाचार दैनिकका संवाददाता नानीराम नेपाल र रेडियो हेलम्बुका नेत्र पौडेल रहेका छन् ।
यसैगरी सिर्जनशीलले आफ्ना मातहातमा रहेर काम गरेका दुईदर्जन बढी कार्यरत तथा पूर्व कर्मचारीलाई प्रसंसापत्रले सम्मान गरेको छ ।
सिर्जनशीलको २६ औं वर्ष सम्म आईपुग्दा निकै चुनौतिपूर्ण यात्रा पार गरेको सिर्जनशीलकी कार्यकारी निर्देशक नानीमायाँ थापाले बताईन । ’हामी ठुलै संघर्ष र त्याग गरेर यहाँसम्म आईपुगेका हौं,‘ कार्यकारी निर्देशक थापाले भनिन् । स्थपना देखि काम गर्ने शिलशीलामा आफुहरु निकै हेपाईमा परेको पींडा सुनाउँर्दै निर्देशक थापाले महिलालाई हेर्ने दृष्टिकोणमा खासै परिवर्तन नआएको जिकिर गरिन । संस्थाको आगमी दिन अझै चुनौतिपूर्ण रहेपनि उद्देश्य प्राप्तीका लागि संघर्ष गरेर सामाना गर्ने सिर्जनशीलकी अध्यक्ष जयादेवी खड्काले प्रतिवद्वता जनाईन ।
संस्थाले आगमी दिनमा स्थानीय सरकार संग साँझेदारी गर्दै बालबालिका पुर्नस्थपना गर्न लागिएको संस्थाकी महासचिव देवकी पराजुलीले जानकारी दिईन । उनका अनुसार उक्त बालबालिका पुर्नस्थपना केन्द्रमा पीडित बालबालिकालाई १५ दिन सम्म राखिने छ । त्यसपछि पारिवारिक वा अन्य प्रक्रियामा लैजाने उनले बताईन । त्यसैगरी सिर्जशीलकै आह्वानमा खुत्रुके बचत समेत सुरु गरिने उनले जानकारी दिईन । उनका अनुसार उक्त खुत्रुके बचतबाट प्राप्त हुने रकम पीडित महिला तथा बालबालिकाको हकमा खर्च गरिने छ । उक्त सहयोगको लागि स्थानीय होटल तथा पर्यटन व्यवसायीहरुले समेत सहयोग गर्ने बचनबद्वता गरिसकेका छन् ।
संस्थामा आवद्व कर्मचारीहरुको लगाभ र मिहिनेतका कारण छोटो समयमै सिर्जनशीले निकै प्रगती हाँसिल गरेको कार्यक्रम संयोजक हर्क तामाङले प्रतिक्रिया दिए ।