मेलम्ची नगरपालिका खुला दिसामुक्त


मेलम्ची । जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने दिन नजिकिदै गर्दा स्थानीय तहहरुले खुला दिसामुक्त क्षेत्र घोषणा अभियानलाई तिब्रता दिएका छन् । सोही अन्र्तगत मेलम्ची नगरपालिकाले आफ्नो नगरलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेको छ । नगरलाई गत बुधबार नगरप्रमुख डम्बर बहादुर अर्यालले खुला दिसामुक्त क्षेत्र घोषणा गरेका हुन् । भूकम्पका कारण जनताका निजी आवास पूर्ण रुपमा क्षति भएको कारण शौचालय निर्माणमा ढिला भएको नगरप्रमुख अर्यालले बताए ।
नगरमा १३ हजार ५ सय ४४ लाभग्राही मध्ये ७५ प्रतिशत अर्थात १० हजार ५ सय ९० लाभग्राहीले शौचालय निर्माण सम्पन्न गरेकाले नगरलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको उनले बताए । बाँकी ३००२ लाभग्राहीको समेत निर्माणको अन्तिम चरणमा पुगेको उनले बताए । ’सबै नगरबासीको घरमा शौचालयको पौंच पुगेकाले जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छेता समन्वय समितिको निर्णयबाट घोषणा गरिएको हो‘, नगर प्रमुख अर्यालले भने । उनका अनुसार नगरका सबै वडा तथा सार्वजनिक स्थलहरुमा शौचालय निर्माण गरिसकिएको छ ।
स्मरण रहोस मेलम्ची १२ स्थानीय तहमध्ये जनसंख्या घनत्वको हिसाबले जिल्लाको दोस्रो नगर हो ।