प्रचण्ड किन पटक–पटक सुटक्क पुग्छन् सुकुटे, के छ रहस्य ?

दिनेश दुलाल

नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल शान्त वातावरणमा आराम खोज्दै गत बिहीबार सुकुटे आइपुगेका थिए । पूर्वसहकर्मी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको बीच पत्नी सीतासहित आएका उनी सुकुटे इक्वेडर वीच रिसोर्टमा बसे ।

दिउँसो करिब ३ बजेतिर उनी अरनिको राजमार्ग हुँदै राजधानीबाट ७६ किमी टाढा सुनकोसी नदी बगरस्थित रिसोर्ट आइपुगेका थिए । बिना राजनीतिक कार्यक्रम सुकुटे पुगेका अध्यक्ष दाहालले सोही दिन रिसोर्टमै रात बिताए । उनको साथमा सिन्धुपाल्चोक गृहजिल्ला भएका पार्टी स्थायी समिति सदस्य अग्नि सापकोटा समेत रहेका थिए ।

भनिन्छ, पार्टीको आन्तरिक राजनीति पेचिलो बन्दा होस् या मुलुकको अवस्था राफिँदा दाहाल एकान्त रुचाउँछन् रे । त्यस्तो बेला उनी शान्त वातावरण खोज्दै सुटुक्क राजधानी छोड्छन् । अक्सर उनको रोजाई सुकुटेको यही रिसोर्ट हुने गरेको छ । बिगत सात वर्षदेखि निरन्तर वर्षको एक–दुई रात उनले यही रिसोर्टमा बिताउँदै आएका छन् ।

रिसोर्ट सञ्चालक महेन्द्रसिंह थापाका अनुसार प्रचण्ड सिन्धुपाल्चोक गएका मध्ये हालसम्म ५ पटक त सोही रिसोर्टमै बसेका छन् ।

किन पटक–पटक पुग्छन् त्याहाँ उनी ?

प्रचण्ड सिन्धुपाल्चोक स्थित सुकुटे बीच रिसोर्टमा पटक–पटक पुग्नुको कारण धेरैले धेरै किसिमका तर्कहरुले अथ्र्याएका छन् । कसैले राजधानीको तनावलाई छल्ने बाहाना भनेका छन भने कसैले राजनीति योजना तथा भेटघाटको लागि भनेका छन् । तर वास्तवमा प्रचण्ड पटक–पटक सुकुटे पुग्नुको कारण तनावपूर्ण राजनैतिक वातावरणबाट मुक्त हुन तथा मुडअफ हुँदा दिमागी बोज हटाउन मुड फ्रेसको लागि भने पक्कै गएका हुन् ।

अरनिको राजमार्ग दोलालघाट देखि बलेफी यता थुुुप्रै रिसोर्टहरु छन् । त्यसमाथि पनि प्रचण्ड सुकुटे बीच रिसोर्टमै पुग्नुको मुख्य कारण त्याहाँको प्राकृतिक मनोरम वातावरण भएको रिर्सोट सञ्चालक थापको कथन छ । ’हामीले आफैंले निर्माण गरेको प्राकृतिक मनोरम वातावरण छ, त्यहि कारणले पनि प्रचण्डलाई आकर्षक गरेको हुनसक्छ‘, सञ्चालक थापाले भने ।

उनका अनसार २०६९ असोजदेखि दाहालको यो रिसोर्टसँग साइनो गाँसिएको हो । २०६९ चैत १८ र १९ गते उनले यही रिसोर्टमा तत्कालीन नेकपा (माओवादी) को स्थायी समिति बैठक राखेका थिए । त्यसपछि उनको उक्त रिर्सोटमा लगातार आउनेक्रम जारी छ । सञ्चालक थापा र नेता अग्निप्रसाद सापकोटा बीचको निकै घनिष्टताको कारण पनि सापकोटा मार्फत प्रचण्डलाई रिसोर्टमा आउन सहज भएको हो । साँच्चै रमणीय वातावरण छ त्याहाँको । जो कोही पहिलोपटक त्याहाँ पुग्दा छुट्टै जीवनको अनुभूति हुन्छ । प्राकृतिक छटाले भरिपूर्ण सुनकोशी नदिको सुसाई, रिर्सोटद्वारा निर्माण गरिएको बंगैचा अनि चराचुरङगीको चिरबिर र रिसोर्ट भित्र विभिन्न खेलका परिकारहरु साह्रै लोभलाग्दो छ । विभिन्न मौसममा रिसोर्ट भित्र उत्पादन हुने फलफुल टिप्न प्रतिवन्द लगाइएको हुनाले पनि देशभरका विभिन्न प्रजातिकका चराचुरुङ्गीहरको बास स्थान पनि रिर्सोट हुने गरेको सञ्चालक थापाको तर्क छ । यहि लोभलाग्दो वातावरणले पनि प्रचण्डलाई लोभ्याएको हुनसक्ने उनको ठम्याई छ । सञ्चालक थापाका अनुसार प्रचण्ड त्याहाँ पुग्दा अनौपचारिक र शरीरलाई सहज हुने पोशाकमा देखिने गरेका छन् । रमणीय रिसोर्टमा रम्दै उनी सुनकोसी नदीको सुस्केरामा टहल्न रुचाउँछन् । रिसोर्ट बसाईका क्रममा टेबुल टेनिस खेलेर आनन्द लिन्छन् ।

राजनीतिक कामले थाकेको बेला उलाई शान्त वातावरणमा थकान मेट्न मन लाग्छ । उनी आउँदा जति तनाव लिएर आउँछन् तर रिसोर्टबाट फर्किदा फ्रेस भएर फर्कने गरेको नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाको तर्क छ । उनलाई साँच्चै मन पर्ने वातावरण सुकुटे बीच रिसोर्टले बनाईदिएको छ ।
उसोत दुई दल एकतापछि शक्तिशाली कम्युनिस्ट पार्टीको अध्यक्ष बनेका दाहालको यसअघिका यस्ता भ्रमणले राजनीतिमा कुनै न कुनै अर्थसमेत राख्दै आएको थियो ।

नितान्त पारिवारिक कार्यक्रम बनाएर पाँचौपटक सुकुटे पुगेका दाहालको स्वागत जिल्लाका प्रभावशाली नेता अग्नी सापकोटाले गरेका थिए ।
सुकुटे वीच रिर्सोट चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ अन्र्तगत कदमबास अन्र्तगत सुनकोशी किनारमा रहेको छ । यो रिर्सोट २०५५ सालमा महेन्द्रसिं थापाले स्थापना गरेका हुन् । साँडे ६ रोपनी जग्गा किनेर तथा ५ करोड लगानी गरेर आफ्नै स्वामित्वमा बनाएका उक्त रिसोर्ट सिन्धुपाल्चोक जिल्लाको आकर्षक केन्द्र बन्दै आएको छ ।

रिसोर्ट सञ्चालनमा हालसम्म १० करोड लगानी गरेका उनले आयकर बाहेक राज्याई वार्षिक २÷३ लाख सम्म राजश्व बुझाउँछन् । आएको मुनाफा भने रिर्सोटको सञ्चालनमै खर्च गरेको उनी बताउँछन् । राजधानीबाट नजिक रहेको नेपाली मौलिकता तर विदेशी सुविधा दिईएको रिर्सोटमा थाईल्याण्ड, पटया बीच, ईन्डियाको गुवा लगाएत स्थानको जस्तै वातावरण रहेको सञ्चालक थापाको भनाई छ । घुम्नकै लागि विदेशमा गरिने धेरै खर्चले यहिँ थोरै खर्चमा प्रयाप्त पुग्ने उनको तर्क छ । सुनकोशी नदीको छेउमा रहेको स्वच्छ हावा, मनोरम दृश्य, बँगैचा सहितको रमणीय वातावरण रहेको छ । सिजनमा नेपाली २५ सय र विदेशी ७ सय सम्म आउने गरेको रिसोर्ट सञ्चालक थापको भनाई छ । बढिमा ३५ सय खर्चमा खाना, नास्ता वेडरुम देखि विभिन्न मनोरन्जन समेत उपलब्ध गराएको छ । रिर्सोटले ¥याफ्टिङ, क्याननिङ, टेकिङ, माउन्टेन वाईकिङ, अन्य साहासिक खेल तथा बन्जिजम्पको लागी लैजाने गरेको उनको भनाई छ ।

हालसालै उनले अन्तराष्ट्रिय स्तरको स्वयमिङ पुल नब्बे लाखमा निर्माण गरेका छन् । सामजिक काममा समेत योगदान पुरा¥याएको रिर्सोटले कोदारीको सिंहदेवी आधारभूत विद्यालयलाई निशुल्क शिक्षक तथा खाजा कार्यक्रममा सहयोग गरेको उनले बताए । त्यस्तै मण्डेला अग्रनाईजेशनको तर्फबाट सिन्धुपाल्चोकका ७ वटा विद्यालयलाई कम्युटर ट्रेनिङ, विभिन्न विद्यालयका बालबालिकालाई खाजा तथा लुगा र शैक्षिक सामग्री लगाएत सहयोग गरिरहेको उनले बताए ।