स्कूलिङ बारे

बि.बि रायमाझी (अशोक)

स्कुल भनेको नेपाली भाषामा पाठशाला हो । स्कुलिङ्गको भाव वाचकको रुपमा पाठशाला सम्बन्धी भन्ने बुझिन्छ । स्कुलिङ्ग भन्ने शब्द कसैलाई सामान्य लाग्न सक्छ तर यो बुझाई सम्प्रेषणमा जटिल तर कार्यान्वयनमा असाध्य महत्वपूर्ण छ । समाज विकासका विभिन्न चरणहरु पार गर्दै यहाँ सम्म आइपुग्न युग सापेक्ष स्कुलिङ्गको निकै महत्वपूर्ण भूमिका रहदै आएको छ । आदिम साम्यवादी युगमा सामुहिक चेतनाको स्कुलिङ्ग, सामन्ती युगमा किसानहरुको कसरी शोषण गर्ने भन्ने सामन्तहरुको स्कूलिङ्ग ,पूँजीवाद युगमा कसरी मजदुर र किसानहरुको बढी भन्दा बढी शोषण गरेर आफ्नो लुटको स्वर्ग बचाउन सकिन्छ भन्ने पूँजीपति वर्गको स्कूलिङ्ग । वर्गीय समाजमा स्कूलिङ्ग पनि वर्गीय हुन्छन् । श्रमजीवी तथा सर्वहारा वर्गको स्कुलिङ्ग र पूँजीपति वर्गको स्कुलिङ्ग । श्रमजीवी जनता तथा सर्वहावर्गको स्कुलिङ्ग आफ्ना सुन्दर भविष्यको लुटाहा पूँजीपति वर्गको शोषणमा आधारित राज्य व्यस्थाको कसरी अन्त्य गर्ने र कसरी श्रमजीवी जनताको जीवनमा संमृद्धि ल्याउने भन्ने हुन्छ भने पूँजीपति वर्गको स्कूलिङ्ग चाँहि श्रमजीवी जनतालाई थोरै भन्दा थोरै दाना दिएर बढी भन्दा बढी मुनाफा सोरेर आफू कसरी विश्वको धनी व्यक्तिको रुपमा स्थापित हुन सकिन्छ भन्ने सोच हुन्छ ।
कार्यनीति र रणनीति बीचमा अन्तर सम्बन्ध भएझै स्कुलिङ्ग र उद्देश्यमा पनि अन्तर सम्बन्ध हुन्छ । पूँजीपति वर्गको स्कुलिङ्गमा ठिक उल्टो छ दुश्मनीपूर्ण छ । त्यहि अनुसार पार्टी निमार्ण र स्कुलिङ्ग गरिएका हुन्छन् । स्कुलिङ्ग अमूक, स्थिर, एकांकी र निस्प्रभावि हुदैन यो परिवर्तनकारी मूर्त, परिणाममूखि, अनुशासित र पद्दतीमा आधारित हुन्छ । एउटा शिक्षकले आफ्नो बालबच्चा आफूले पढाएको पाठशालामा नपढाएर बोर्डिङमा पढ्न पठायो त्यो स्कुलिङ्ग उसले कहाँबाट प्राप्त ग¥यो ? एउटा युवक एउटी निर्देषी चेलीलाई बलत्कार गरेर मार्छ, उसले त्यो स्कूलिङ्ग कहाँबाट प्राप्त ग¥यो ? कोहि कर्मचारी घुस नपाइ कामको सिन्को भाच्दैनन्, त्यसले त्यो स्कूलिङ्ग कहाँबाट प्राप्त ग¥यो ? अधिकांश ठेकेदारहरु सडक पुल लगाएतका बाँकी काम त्यतिकै छाडेर जनतालाई सास्ती दिइरहेका छन्, तिनीहरुलाई त्यो स्कूलिङ्ग कहाँबाट प्राप्त भैरहेकाछन् । कुनै पार्टीका कुनै नेता कमिसनमा चुर्लुम्म डुबेकाछन्, सरकारी जग्गा आफ्नो नाममा बनाएका छन् । शिक्षा, स्वास्थ्य क्षेत्रमा प्रशस्त लगानी गरेका छन्, अकुत सम्पती कमाएका छन् । तिनीहरुले त्यो स्कुलिङ्गको बाटप्राप्त गरेका हुन् ? यस्ता हजारै उदाहरणहरु छन् जो स्कूलिङ्गबाट बन्चित छैनन् तर यसो हुदाँहुदै पनि देशलाइ बर्बाद बनाइरहेका छन् । माथि नै उल्लेख गरिसकिएको छकि स्कूलिङ्ग एकांकी र निस्प्रभावि हुदैन । स्कुलिङ्गसंग अनुशासन निश्वार्थ र त्याग जोडिएको छ । जनता र राष्ट्रप्रति समर्पण र उत्तरदायित्व जोडिएको छ । एउटा कर्मचारी आफ्नो कार्यालयको ढोकामा लेखिएको म भ्रष्टाचार गर्दिन तर भ्रष्टाचार नगरि आफ्नो कर्तव्य पुरा भएको ठान्दैन । खोई उसको जिम्मेवारी ? किन छैन उ अनुशासित र इमान्दार ? राजनितिमा महत्वकाक्षी बढ्दो छ । सांस्कृतिक विकृति मौलाउदोछ । आर्थिक क्षेत्रमा भ्रष्टाचार झाङ्गिदो छ । शिक्षा र स्वास्थ्यमा भएको व्यापारिक करणले जनता निरिह र निरास बनेकाछन् । अब गम्भिर प्रश्न छकी, यो सबै दोष कस्को ? स्वभाविक उत्तर आउछ राज्यको । राज्य भित्रको एउटा ससक्त निकाय सरकार हो । सरकार पनि वर्गीय हुन्छ । यो सरकार दलाल पूँजीवादीहरु, सामन्तहरु र नोकरशाही वर्गको संयुक्त सरकार हो कि श्रमजीवी जनताको ? पार्टीले सरकार चलाउने होकि, सरकारले पार्टी चलाउने ? हामीले बुझेको सरकारले पार्टी चलाउने होइन, बरु पार्टीले सरकार चलाउने हो । पार्टीको विचारलाई स्कुलिङ्गले केन्द्र देखि जनताकोे तल्लो तहसम्मको रगत फेर्छ । नयाँ ताजगी र संकल्प पैदा गर्छ, नयाँ उत्साह र प्रेरणा जगाउँछ । नयाँ आधारमा पार्टीको जग बसाउँछ । व्यवहारमा निख्खारा र स्फूर्ति ल्याउदै कार्यन्वयनमा परिणाम निकाल्छ । पार्टीको निम्ति स्कुलिङ्ग डाक्टर, इन्जिनियर, शिक्षक, न्यायधिस, क्रान्तिकारी सिपाहि सबै हो । विगतको समिक्षा सहित पार्टीलाई ठिक दिशामा अघि बढाउन स्वस्थ बनाउन र जनमुक्तिको लागि दुश्मनलाई धुलो चटाउन, कार्यनीतीलाई रणनीतीसंग जोड्न अथवा शोषणमा आधारित वर्गीय सत्तालाई पूर्णरुपमा ध्वस्त बनाएर शोषण विहिन अथवा वर्गविहिन साम्यवादी समाजसम्म पु¥याउन स्कुलिङ्ग विभागको निर्णयक भूमिका रहन्छ । पार्टी शुद्ध भएमा सरकार शुद्ध हुन्छ । शुद्ध सरकार भएमा जनता सम्पन्न हुन्छन् । यतिवेला पार्टी भित्र स्कुलिङ्ग विभागमा देखिएको खिचातानिले नेताहरुमा सामुहिक छलफलद्वारा गरिने निर्णय हराउँदै गएको छ । उनीहरुमा आफ्नो वर्गप्रतिको इमान्दारिता र सद्भाव कम र पद प्रतिस्ठाको लागि महत्वकांक्षी हृवात्तै बढेको देखिन्छ । यो भनेको महान शहिदहरुको अपमान, बैचारिक स्खलन, जनता र राष्ट्रप्रतिको जिम्मेवारी बोधमा कमि आउनु हो । कुन व्यक्ति स्कूलिङ्ग विभागको नेतृत्व गर्न उत्कृष्ट र योग्य छ भनेर छान्न कुनै औषधी छैन न रगत जाँचेर न त तराजुमा जोखेर नै पत्तालगाउन सकिन्छ । यसको लागि मुख्य विधि भनेकै दोहोरो जिम्मेवारीबाट मुक्त गराउने हो । पार्टी केन्द्रीय अध्यक्ष देखि तल्लो तहसम्म यो विधि अपनाउनु पर्दछ । पार्टी भित्रका कयौं कार्यकर्ताहरु जिम्मेवारी विहिन अवस्थामा छन् भने केही कार्यकर्ता र नेताहरु भने दोहोरो पद ओगटेर बस्नु सर्वहारा वर्गको पार्टी अनुशासन भित्र पर्दैन । यसमा हामी विवेकशिल कठोर नबने न श्रमजीवी एवम् सर्वहारा वर्गको कम्युनिष्ट पार्टी बन्छ न त स्कूलिङ्ग विभागको कुनै अर्थ र महत्व रहन्छ ।