बालश्रम निषेध गर्न ७ बुँदे प्रतिवद्वता पत्र घोषणा

खाडीचौर । अतिथी सत्कार तथा मनोरन्जनको क्षेत्रमा भईरहेको बालश्रम प्रयोगमा निषेधको लागि ७ बुँदे प्रतिवद्वतापत्र जारी गरिएको छ ।
सिन्धु पर्यटन व्यवसायी संघ सिन्धुपाल्चोकको आयोजना तथा ग्रामीण महिला सिर्जनशील परिवारको सहयोगमा मंगलबार सुनकोशी गाउँपालिकाको वडा न. ७ स्थित पाँग्रेटारमा बालबालिका सम्बन्धी एकदिने कार्याशाला आयोजना गरिएको हो । उक्त कार्याशालामा सहभागि विभिन्न सरोकारवालाहरु संग गरिएको बृहत छलफलद्वारा उक्त प्रतिबद्धता–पत्र जारी गरिएको छ ।
उक्त घोषण पत्र ग्रामिण महिला सिर्जनशील परिवारका कार्यक्रम संयोजक हर्क तामाङले गरेका हुन् । जारी गरिएको उक्त घोषणापत्रको पहिलो बुँदामा उल्लेख गरिएको छ, ’नेपाल सरकारले आगामी बर्षलाई भिजिट नेपाल २०२० को रुपमा मनाउने प्रतिबद्धता जाहेर गरी पूर्व तयारीका कार्यहरु तिब्र रुपमा संचालन गरीरहेको सन्दर्भमा उक्त राष्ट्रिय महाअभियानलाई मर्यादित रुपमा सफल बनाउन हामी सिन्धुपाल्चोकका होटल तथा पर्यटन व्यवासायीहरु साझा प्रतिबद्धता जाहेर गर्दछौं ।‘
त्यस्तै २ नम्बर बुँदामा सिन्धुपाल्चोक जिल्लामा रहेका होटल तथा पर्यटन व्यवासायीहरुले आ–आफ्ना व्यवासायमा अतिथी सत्कार तथा मनोरन्जनको क्षेत्रमा बाल श्रम (१८ बर्ष भन्दा मुनिका) प्रयोग नगरिएको र आगामी दिनमा पूर्ण रुपमा निषेध गरिने प्रतिबद्धता जाहेर गरिने उल्लेख छ ।
त्यस्तै व्यवासाय संचालनका क्रममा केही अवान्छित गतिबिधी देखेमा वा फेला परेमा तुरुन्तै सम्बन्धित निकायहरु, सुरक्षा निकाय तथा सामाजिक संस्थाहरुमा जानकारी गराइने, व्यवासाय संचालनका क्रममा कहि कतै बालश्रम तथा यौन शोषणको जोखिममा परेका बालबालिकाहरु देखिएमा तुरुन्तै उद्धारमा सहयोग तथा सम्बन्धित निकायहरुमा सिफारिस गरिने प्रतिवद्वता जनाईएको छ ।
यस्तै बालश्रम तथा शोषणबाट पीडित भई ग्रामीण महिला सिर्जनशील परिवारले पाँग्रेटारमा संचालन गरेको संक्रमणकालिन पुनस्थापना केन्द्रमा आश्रय लिन आउने पीडितहरुको लागि राहात सहयोग स्वरुप होटल, व्यवासाय स्थलमा एक सहयोग संकलन बाकसको शुरुवात गरि स्वेच्छिक सहयोग संकलन गरी पुनस्थापना केन्द्रलाई स्पष्ट अभिलेख सहित उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरिएको छ । यस्तै व्यवासाय स्थलमा सेवाग्राहीहरुलाई बालश्रम तथा यौन शोषणजन्य गतिविधीहरु निषेध गरिएको सुचना, सन्देश वा दृश्य सामाग्री हरुका माध्यमबाट सुसुचित गरिने, तथा पेशा व्यवासाय संचालनको क्रममा बालबालिकाको क्षेत्रमा देखा परेका समस्याहरु न्युनीकरणको लागि होटल तथा पर्यटन व्यवासायी र सरोकारवालाहरु विच निरन्तर सहकार्य र अन्तरक्रियालाई निरन्तरता दिइने प्रतिवद्वता जनाईएको छ ।
उक्त कार्यक्रममा प्रस्तुती मानवअधिकार अभियान्ता मिलन धरेलले राखेका थिए । प्रस्तोता धरेलले बालबालिकालाई व्यवसायीक रुपमा यौन कार्यमा संलग्न गराउने, बाल यौनिकताको प्रदर्शन मार्पmत ब्यापार व्यवसाय बढाउने, व्यवसायिक स्थलहरुलाई बाल यौन सेवा वा बाल यौन पर्यटनका लागि प्रयोग गर्ने अनुमती दिनु बाल यौन शोषण भएको उनले बताए ।
राज्यको काननी प्रावधानको चर्चा गर्दै अभियान्ता धरेलले १८ बर्षभन्दा कम उमेरका बालबालिकालाई वयस्क मनोरन्जन क्षेत्रमा संलग्न गराउन नहुने यदी गराईएमा बालबालिका विरुद्दको हिंसा गरेको मानिने र सरकावादी फौज्दारी अपराधको रुपमा मुद्दा चलाउन सकिने उनले बताए त्यस्तै बालबालिका सम्बन्धि ऐन २०७५ ले व्यवस्था गरेअनुसार १८ बर्षभन्दा कम उमेरका बालबालिकालाई होटल, मोटल, रिसोर्ट, रेस्टुरेन्ट, बन्जि लगायतका पर्यटन व्यवसायमा श्रमिकको रुपमा काममा लगाउन नहुने यदी लगाएमा ५० हजार रुपियाँसम्म जरिवाना वा १ ब्र्ष कैद वा दुबै सजाय हुन सक्ने उनले बताए ।
उनका अनुसार संयुक्त राष्ट्रसंघको अध्ययनले विश्वभर करिब १ अर्ब ५० करोड बालिक तथा ७ करोड ३० लाख बालकहरु यौन हिंसाका शिकार भइरहेको देखाउँछ ।
त्यस्तै सत्कार तथा पर्यटन क्षेत्र बालबालिकाविरुद्द हुने यौन शोषणका लागि पछिल्लोपटक नेपाल एक प्रमुख थलोको रुपमा विकास भइरहेको उनले बताए । कार्यक्रममा सहभागी वक्ताहरुले बालबालिकाहरुको अनुचित प्रयोग विरुद्व कानुन प्रयाप्त भएपनि कार्यन्वयन पक्ष फितलो भएको धारण राखे । व्यवसायीहरले आफुहरुले त्यस्ता कार्यहरुमा बालबालिकालाई प्रयोग नगरिएको तर कति बालबालिकाहरुलाई संरक्षण गरिएको घटनाई व्यवहारिकता दिन सुझाब दिए ।
कार्यक्रमको सहयोगी संस्था रहेको ग्रामिण महिला सिर्जनसिल परिवारकी प्रमुख नानी मायाँ थापाले बालबालिकाहरुमा हुने बालश्रम तथा यौनजन्य हिंसाको अन्त्य गर्नको लागि उक्त कार्यक्रम सार्थकता रहेको बताईन । आगमी दिन कार्यक्रमलाई अझै प्रभावकारी बनाईने उनले बताईन । कार्यक्रमका सभापति तथा सिन्धुपर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले नेपाल सरकारले आगामी बर्षलाई भिजिट नेपाल २०२० को रुपमा मनाउने तयारी सन्दर्भमा बालबालिका सम्बन्धी कार्यक्रम आयोजना गरेर लक्षित कार्यक्रमलाई नै टेवा पुगेको बताए । जिल्लामा रहेका होटल तथा पर्यटन व्यवसायीले बालबालिकालाई बालश्रममा तथा कुनै गलत क्रियाकलापलाई संलग्न नगराई बालमैत्रिको रुपमा विकास गरिने उनले प्रतिवद्वता जनाए । ७ बुँदे प्रतिवद्वता जारी गरिएको उक्त कार्यक्रममा


इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक, नारायण न्यौपाने, सशस्त्र प्रहरी बल, सुरक्षा पोष्ट लामोसाँघुका प्रहरी निरीक्षक बिष्णु श्रेष्ठ, रक रिभर रिसोर्ट बलेफीका युवराज कार्की, सुनकोशी बिच रिसोर्टका अन्जन खड्का, विश्वास नेपालकी तारा भण्डारी लगाएत होटल तथा पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।