चौसागढीद्वारा अपाङ्गता परिचयपत्र वितरण

ज्वाला संवादादाता
चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्ना नगरभित्र अपाङ्गता भएकाहरुलाई परिचयपत्र वितरण थालेको छ ।
नगरपालिकाले नयाँ कार्यविधी अनुसार अपाङ्गता परिचयपत्र वितरण तथा नविकरण थालिएको नगरपालिकाकी उपप्रमुख जानुका पराजुलीले जानकारी दिईन । उनको संयोजकत्वमा परिचयपत्र नविकरण तथा वितरण समिती बनेसंगै अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय वितरण सुरु गरिएको हो ।
उपप्रमुख पराजुलीका अनुसा सोही समितिले विगतको परिचय पत्र भएका लाई नवीकरण र नभएकालाई नयाँ परिचयपत्र वितरणका गरिएको हो । बुधबार बसेको समितिको बैठकले परिचय पत्र वितरण गर्ने निर्णय गरेको हो । उप मेयर जानुका पराजुलीले नगरपालीका भित्रका सबै वडामा अपाङ्गता भएका नागरिकहरुलाई उक्त सेवा पु¥याउने उनले बताईन । परिचय पत्र, निवेदन र फोटो सहित डाक्टरको सिफासि लिएर मात्र परिचयपत्र दिने व्यवस्था छ । नगरपालीकाको कार्यविधी अनुसार २०७६ कार्तीक मसान्त भित्रमा सबैले परिचयपत्र नवीकरण गरिसक्न पर्ने धान राखिएको छ । उक्त मिति भन्दा पछि पुरानो परिचय पत्र स्वत खारेज गरिने व्यवस्था भएकाले नगरका सबै नागरिकले सो समय भित्र सम्बन्धित वडाको सिफारिस सहित निवेदन दिन पर्ने उनले बताईन । सचिव दुर्गा ढुङ्गेलका अनुसार हाल सम्म ’क‘ वर्गको परिचयपत्र ५ वटा सहित जम्मा ३० वटाको नविकरण गरिएको छ ।