बाह्रविसे नगरपालिकाको पहिलो प्राथमिकता : कृषि, सडक, स्वास्थ्य र शिक्षा

भक्तपुर, २० साउन – सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार र कृषि क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेर तिव्र रुपमा काम गरिरहेको छ । नगरपालिकामा निर्वाचित जनप्रतिनिधि आएको दुई बर्षमा सडक, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको विकासमा उत्साहजनक प्रगति समेत भएको छ ।

नगरपालिकाले यी क्षेत्रको विकासवाटनै सिंगो नगरको विकासको परिकल्पना गरेकाले पनि तिव्र रुपमा काम भइरहेको हो । जननिर्वाचित प्रतिनिधि आएपछि विगतमा अवरुद्ध जस्तै बनेको विकासको कामले गति पाएको नगरपालिकाका मेयर निमफुन्जो शेर्पा बताउँनुहुन्छ । उहाँका अनुसार नगरपालिकाले सडक पूर्वाधार, शिक्षा, स्वास्थ्यका साथै, कृषि, पर्यटन, पशु, लघु तथा घरेलु उद्योग प्रवद्र्धन, यूवा तथा खेलकुद लक्षित बर्गका कार्यक्रम धमाधम गरिरहेको छ ।
आर्थिक बर्ष ०७५/०७६ र आर्थिक बर्ष ०७६/०७७ मा नगरपालिकाले बनाएको नीति तथा कार्यक्रममा पनि यी क्षेत्र प्राथमिकतामा रहेको नगरमा मेयर शेर्पाले बताउँनुभयो । दुई बर्षमा नगरले लिएको नीति तथा निमार्ण गरेको कार्यक्रम अनुसार काम सम्पन्न गर्न सोही अनुसार सवै वडामा समानुपातिक रुपमा बजेट विनियोजन भएकको उहाँको भनाई छ । नगरपालिकाका सबै वडामा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि र पर्यटनको तिव्र रुपमा विकास गर्न नगरपालिकाले आवश्यक कार्यक्रम तय गरेको छ । नगरले तय गरेको कार्यक्रम अनुसार वडागत रुपमा वजेट विनियोजन गरि काम भइरहेको हो ।

यस्तो छ नीति तथा कार्यक्रम

नगरपालिकाले कृषि तथा पशुपालनका लागि नगरपालिकाको क्षेत्र भित्रका व्यवसायिक तरकारी एवं फलफूल खेती र व्यवसायिक पशुपालन कार्य गर्ने कृषकलाई प्रोत्साहन र सहयोग गर्ने नीति लिएको छ । फलफूल तथा तरकारी उत्पादनको पकेट क्षेत्र निर्धारण गर्ने, अर्गानिक पकेट पहिचान गरि सोक्षेत्रलाई संरक्षण गर्ने, चौरी गाई पालन, भेडा तथा बाख्रा, गाई, भैंसी, कुखुरा, वंगुर पालनलाई विशेष जोड दिई अनुदानको व्यवस्था गर्ने नीति लिएको छ ।

नगरका मेयर शेर्पाका अनुसार माटो परिक्षण गरि ठाउँ सुहाउँदो फलफूल खेतीको विकास, वेमौसमी तरकारी खेती गर्ने किसान लाई साना सिँचाई र थोपा सिँचाई तथा प्लाष्टिक पोखरी निर्माणको कार्यक्रमलाई प्राथामिकता दिएको छ । जमिन बाँझो राख्ने कार्यलाई निरुत्साहित गर्दै लोकल कुखुरा पालन तथा संरक्षण गर्ने कृषक तथा फर्महरुलाई अनुदानको व्यवस्था गरेको पनि उहाँको भनाई छ । कृषिजन्य र पशुजन्य व्यवसायको प्रवद्र्धन गरि बजारीकरणमा सहयोग गर्ने, साना सिंचाई आयोजनामा लागत साझेदारीमा ७० प्रतिशत सम्म अनुदान दिने व्यवस्था नगरले गरेको छ ।

यस्तै, शिक्षा क्षेत्रको विकासका लागि नगरपालिका क्षेत्र भित्रका प्रत्येक वडाहरुमा १र१ वटा आधारभुत तथा माध्यामिक विद्यालयहरुलाई श्रोत साधन सम्पन्न नमुना विद्यालयको रुपमा विकास गर्ने नगरको नीति छ । बालविकास कक्षाको व्यवस्था तथा सुधार गर्दै जहाँ विद्यार्थी त्यहाँ शिक्षक भन्ने नीति अवलम्वन गर्न विद्यार्थीहरुको चाप न्यून भएका विद्यालयलाई समायोजन गर्ने, विद्यालय सुधार योजना लागु गर्ने नीति लिएको नगरकी उपमेयर सुशिला पाख्रिनले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाबाट विद्यालयमा विनियोजन हुने विभिन्न शिर्षकका बजेटको सदुपयोग हुने सुनिश्चित गर्दै शिक्षण शिकाईलाई प्रभावकारी वनाउन शिक्षकलाई पुर्नताजकी तालिमको व्यवस्था, विद्यालयको आधारभुत पूर्वाधार (खानेपानी, घेरावार) निर्माणमा जोड दिइएको उहाँले बताउँनुभयो ।
यस्तै, प्राथामिक स्वास्थ्य केन्द्रलाई १५ सैयाको अस्पतालमा अपग्रेड भएकाले अस्पताल सञ्चालनको लागि आवश्यक पूर्वाधार तथा जनशक्तिको व्यवस्थापनमा जोड दिएको नगरपालिकाले जनाएको छ । सामुदायिक स्वास्थ्य ईकाइ तथा स्वास्थ्य चौकी नभएका वडाहरुमा स्थापनाको लागि आवश्यक पहल गर्ने, पुर्ण खोप युक्त नगरपालिका घोषणा गर्ने, गाउँघर क्लिनिक सञ्चालनमा ल्याउने, गर्भवती महिलाको नियमित जाँचका लागि विशेष प्याकेज तथा घरमा प्रसुती शुन्यका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, घुम्ती सेवा मार्फत जनताको घरदैलोमा स्वाथ्य पहुँच पुर्याउने कार्यक्रम नगरको रहेको उपमेयर पाख्रिनले बताउँनुभयो ।

यस्तै, पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि वढाउँदै नगरपालिकाको मुख्य सडक कोरिडोरका रुपमा विकास गरी आवश्यक मर्मत सम्भार मार्फत वषैभरी सञ्चालनमा ल्याउने, नगरपालिका भित्रका अन्य सडक सञ्जाललाई मुख्य सडकसँग जोडिने, बालमैत्री, अपाङ्ग मैत्री तथा बातावरण मैत्री पूर्वाधार निर्माणमा प्रोत्साहन गर्ने नगरको नीति रहेको छ । नगरपालिकाका रणनीतिक महत्वका सबै सडक योजनाहरुको विस्तृत परियोजना निर्माण (डीपीआर) गर्ने र प्रत्येक वडाहरुमा १ वटा सामुदायिक भवन निर्माण गर्ने पनि नगरले नीति अबलम्वन गरेको सूचना अधिकारी ज्ञानेन्द्र मल्लले जानकारी दिनुभयो । हरेक वडाको सार्वजनिक स्थानमा आगामी २ वर्ष भित्र सौय बत्ती जडान गरिसक्ने, नगरपालिका भित्रका आवश्यक स्थानको पहिचान गरि झोलुङ्गेपुलको निर्माण तथा व्यवस्थापन गर्ने नगरको नीति छ ।

भयोली कुण्ड, ठिङसा–कालिन्चोक, घुडे, ओमपार्क जस्ता पर्यटकीय क्षेत्र जोडिने सडक निर्माण तथा स्तरोन्नती गर्ने, एकिकृत वस्ती विकासलाई प्रोत्साहन दिने नीति नगरले चालु आवमा लिएको मल्लले जानकारी दिनुभयो ।एकिकृत वस्ती विकासका लागि पूर्वाधारमा सडक, खानेपानी, विद्युतको क्षेत्रमा प्राथमिकता दिई पूर्वाधार विकास गर्ने, नगर चक्रपथ निर्माण, उपयुक्त स्थानको खोजी गरी नगरस्तरीय गुम्बा तथा बुद्ध पार्क निर्माण गर्ने, खानेपानी सरसफाई र सिँचाई क्षेत्रको पनि क्रमागत विकासमा जोड दिने नगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।

पुराना धारा र ट्याङ्कीको मर्मत, एकघर एक धारा प्रति धारा मिटर जडान प्रत्येक वडा कार्यालय र सार्वजनिक स्थानमा डस्टबिनको व्यवस्था, सिँचाई व्यवस्थापन गर्ने नीति तथा कार्यान्वनमा जोड दिने जनाइएको छ । भुकम्प तथा पहिरोबाट क्षति ग्रस्त भएका खानेपानीको मुहान तथा वितरण लाईनको पुर्ननिर्माणमा जोड दिदै सबैलाई सहज रुपमा खानेपानीको वितरणमा नगरले जोड दिएको मेयर शेर्पाले बताउँनुभयो ।
यस्तै, नगरले खेलकुदको विकास, विस्तार गर्न पालिका स्तरीय खेलकुद परिषद स्थापना गर्ने कार्यक्रम रहेको जनाएको छ । नगरले विगतवाटनै नगरभित्रका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भै विजेताहुनेलाई विशेष सम्मान गरिँदै आएको पनि जनाएको छ । नगरस्तरीय मेयर कपको आयोजना, वडामा कम्तिमा एउटा खेल मैदान निमार्ण लगायतका योजना नगरसँग रहेको जनाइएको छ ।

पर्यटकीय सम्भावना वोकेका स्थानको पहिचान गरि विकास गर्ने, क्षमादेवी मन्दिर, कफेश्वर महादेव मन्दिर, बौद्ध उद्यान, खडादेवी मन्दिर, गोल्मास्थान मन्दिर, सिद्धाथान महादेव मन्दिर, जस्ता क्षेत्रलाई साँस्कृतिक पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम तय गर्ने, नगरस्तरीय बहुआयामिक साँस्कृतिक संग्रहालय तथा पार्क निर्माण गर्ने कार्यक्रम नगरले बनाएको छ । नगरभित्रका सम्भावित विश्रामस्थल, चमेना गृह, शौचालय, पोर्टर सेल्टर, पर्यटक संरचना केन्द्रमा निजी क्षेत्रको सहकार्यमा आवश्यक पूर्वाधार निमार्णमा जोड दिने नगरले नीति लिएको छ ।

जेष्ठ नागरिक परिचयपत्र, अपाङ्ग परिचयपत्र वितरण गर्ने कार्यलाई निरन्तरता दिने, बालसंरक्षणसँग सम्वन्धित ऐन, नियम र रणनीति अनुसार बाल संरक्षण तथा सहभागीतालाई सुनिश्चितता गरिने, आदिवासी जनजाति र दलित समुदायका व्यक्तिको लागि सामुदायिक संगठनको प्रवद्र्धन र नेतृत्व विकास तथा आयमुलक कार्यक्रम सञ्चालन गर्ने, महिलालाई आयाआर्जन व्यवसायिकता तर्फ उन्मुख गराउन आवश्यक सिपमुलक तालिम र व्यवसाय संचालनको लागि महिला समुह, समिति र सहकारी संस्था मार्फत सहयोग कार्यक्रम संचालन गर्ने नीति रहेको उपमेयर पाख्रिनले बताउँनुभयो ।

नगरस्तरीय वालवालिका, दलित, महिला, आदिवासी जनजाती, अपाङ्गको समन्वय सञ्जाल गठन गर्ने, महिला हिंसा, मानव वेचविखन, देह व्यापार लगायत महिला विरुद्धको सवैखाले अपराध नियन्त्रण गर्न सामाजिक जागरणका कार्यक्रम संचालन गर्ने नीति नगरको रहेको पाख्रिनले जानकारी दिनुभयो । महिला विरुद्ध हुने सबै प्रकारको विभेद हिंसाको रोकथाम तथा नियन्त्रणका लागि कानुनी उपचार वृद्धि गर्न महिला कानुनी परामर्श सेवा केन्द्रको स्थापना, हिंसा, पीडित एकल महिला, बेसहारा एवं अपाङ्गता भएका महिलाको अधिकार संरक्षण प्रवद्र्धन, सामजिक सुरक्षा, एवम पुर्नस्थापनाका लागि कार्यक्रम संचालन गर्ने नगरको नीति छ । गरीब तथा एकल महिलाहरुको लागि क्षमता अभिबृद्धिका लागि विशेष कार्यक्रम ल्याउने, बैदेशिक रोजगारमा जाने महिलाका लागि परामर्श गाउँगाउँमा सहकारी घरघरमा रोजगारी भन्ने नारालाई साकार पार्न प्रत्येक महिलाका लागि सिप विकासका कार्यक्रम संचालनमा नगरले जोड दिएको छ ।

नगरको राजश्व व्यवस्थापन गर्न सफ्टवेयर सिस्टम लागु गर्ने, नागरिकहरुको सूचनामा पहुँच वढाउन वेवसाइट, डाटापोर्टल, मोवाइल एप्लिकेसन मार्फत सूचना प्रवाह गर्ने कार्यलाई निरन्तरता दिने, शान्ति सुरक्षा कायम राख्न तथा बजार क्षेत्रमा हुने विभिन्न घटनामा न्युनीकरण सिसि क्यामारा जडान, विपद व्यवस्थापन लगायतकका कार्यक्रम प्रभावकारी वनाउने नीति लिएको छ ।

विद्युतिकरणतर्फ नगरले नगरपालिका भित्र काठको पोलमुक्त नगर निर्माण कार्यलाई निरन्तरता दिदै आएको छ । सौर्य उर्जाको व्यवस्थापन, विद्युत चुहावट नियन्त्रण लगायतका कार्यक्रम पनि नगरले गरिरहेको जनाएको छ ।यस्तै, नगरपालिकाले सूचना जनताको पहुँचमा पु¥याउनलाई डिजिटल डिस्पे राख्ने काम सम्पन्न गरेको छ । बाह्रविसेका विभिन्न वडामा घुम्ति सेवा, नगरबाट संचालित योजनाहरूको उपभोत्ता समितिहरूलाई योजना कार्यक्रम सम्बन्धमा अभिमुखिकरण तालिम, आवास पुननिर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम नगरले सम्पन्न गरेको छ ।

चालु आवको नगरको बजेट

आय
संघीय सरकार सर्शत अनुदान १६ करोड २० लाख
समानीकरण अनुदान १४ करोड ५१लाख
राजश्व बाँडफाँड ७ करोड ९९ लाख
रोयल्टी २३ लाख २९ हजार
प्रदेश सरकार समानीकरण अनुदान १ करोड एक लाख ५५ हजार
राजश्व बाँडफाँड २ करोड ६ लाख ६६ हजार

आन्तरिक आम्दानी एक करोड
मध्य भोटेकोशी प्रभावित क्षेत्र विकास कार्यक्रम एक करोड ६ लाख
सानीमा हाइड्रो ३ लाख
मध्य भोटेकोशी शिक्षक तलव १५ लाख
सामाजिक सुरक्षा भत्ता ८ करोड ५० लाख

व्यय
पुँजीगत १७ करोड ६३ लाख ५४ हजार
चालु ३५ करोड ११ लाख ९६ हजार
कूल बजेट ५२ करोड ७५ लाख ५० हजार

वडागत बजेट
१ नम्वर वडा ५० लाख
२ नम्वर वडा ८० लाख
३ नम्वर वडा ५५ लाख
४ नम्वर वडा ५० लाख
५ नम्वर वडा ५० लाख
६ नम्वर वडा ५० लाख (मध्य भोटेकोशी प्रभावित कार्यक्रम २० लाख)
७ नम्वर वडा ७५ लाख (मध्य भोटेकोशी प्रभावित कार्यक्रम २० लाख)
८ नम्वर वडा ७५ लाख (मध्य भोटेकोशी प्रभावित कार्यक्रम २० लाख)
९ नम्वर वडा ८० लाख

नगरपालिकाको परिचय
बाह्रविसे सिन्धुपाल्चोकका तीन र मुलुकका २७६ मध्य एक नगरपालिका हो ।सिन्धुपाल्चोकमा मात्रै १२ स्थानिय तह छन् ।पूर्वमा दोलखा जिल्ला पश्चिममा सिन्धुपाल्चोककै जुगल गाउँपालिका सँग सीमा जोडीएको यस नगरको उत्तरमा भोटेकोशी गाउँपालिका र दक्षिणमा त्रिपुरासुन्दरी तथा बलेफी गाउँपालिका पर्दछन् ।

अनेकौ थली थुम्की पहाड र चुचुराहरू रहेको यो नगर हिमाली नगरपालिकाको मपदण्ड अनुसार नगरपालिका भएको हो ।नेपाल चीन स्थलगत मार्ग जोडिने अरनिको राजमार्ग र दुवै तफ फैलिएको वडाहरूको फेदिमा रहेको भोटेकोशी नदी यसको प्रकृातिक पहिचान हो । तिब्बत नेपालका विभिन्न कालखण्डका सम्वन्धहरू सँग यसको अनेकौ एतिहासिकता जोडिएको छ ।

समुन्द्र सतहदेखी ५०० मिटर देखी ४००० मिटर सम्मको उचार्इ भएको भुवनोट रहेको यस नगरपालिकाको जनसंख्या २६५३५ र क्षेत्रफल १३४।८ वर्ग कि।मि रहेको छ । नगरपालिकाको भवन रहेको बाह्रविसे बजारको रूपमा परिचित छ । भने यस बजारमा पूर्ख्यौलि नेवार जातीको बाहुल्यता रहेको छ । तर समग्र नगरपालिकाको जनसंख्यामा भने तामाङ जातीको जनसंख्या अघि देखिन्छ । ब्राम्हणा,क्षेत्री, तामाङ,शेर्पा, गुरूङ लगाएत अनेकौ जातजाती र भाषाभाषिहरू यहाँ रहेका छन् भने थामी समुदाय यस नगरको आदिवासी लोपोन्मुख जनजाती अन्तर्गत पर्दछन।